७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेता ताराराज रानाको निधन

काठमाडौं- नेपाली कांग्रेसका नेता ताराराज रानाको निधन भएको छ। नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सदस्यसमेत रहेका तनहुँ कांग्रेस उपसभापति रानाको हृदयघातका कारण बुधबार अपरान्ह पोखरास्थित फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारक्रममा निधन भएको हो।

६५ वर्षीय रानाले तनहुँ कांग्रेस सचिवको जिम्मेवारी पनि समालेका थिए। पहिलो संविधानसभामा तनहुँ –३ बाट कांग्रेसबाट उम्मेदवार रानाले लोकतन्त्र स्थापना र पुनर्स्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

पार्टी सभापति शेरबहादुर देउवाले रानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गरेका छन्। 'कांग्रेस संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँ (राना) ले पुर्‍याउनुभएको योगदानको पार्टीले स्मरण गर्ने छ,' देउवाको शोक विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, नेता रामचन्द्र पौडेललगायतले पनि रानाको निधनप्रति दुःख व्यक्त गरेका छन्। रानाका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: १० चैत्र २०७३ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App