८ वैशाख २०८१ शनिबार
समाज

बस दुर्घटनामा चारको मृत्यु, २० घाइते

विराटनगर –पूर्व–पश्चिम राजमार्गको मोरङको बयरवन–९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
    पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोरङको लेटाङ–३ बस्ने १८ वर्षीय देवेन्द्र लिम्बु, सोही ठाँउका २० वर्षीय तिलक लिम्बु, बुटवल घर भएका हाल भारत बस्ने ७९ वर्षीय पुरुषोतम सुवेदी र सोही ठाँउ बस्ने ६८ वर्षीय टिका सुवेदी रहेका  रहेका छन् । उनीहरूको उपचारको क्रममा पथरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
     काकँडभिट्टाबाट यात्रु लिएर बुटवल जाँदै गरेको ना५ख ५३८७ नम्बरको मुक्तिनाथ ट्राभल्सको बसले विपरित दिसाबाट जाँदै गरेको मे४प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो ।
    दुर्घटनामा परी १ महिला सहित १९ जना पुरुष घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्युरो हस्पिटल, बिराट नर्सिङहोम र पथरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये गम्भीर चोट लागेका चारजना भारतको सिलिगुडीमा उपचार गराइरहेको छ । 
    घाइते हुनेमा इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरिगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिष भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरिगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन् ।
    मोटरसाइकल, बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित: १० चैत्र २०७३ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App