७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाका ४१ प्रतिशत जनता कुपोषणको चपेटामा

संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाका करिब ४१ प्रतिशत मानिस कुपोषणको चपेटामा रहेका छन् । त्यहाँका करिब ५ जनामा २ जना कुपोषणमा बाँच्न बाध्य  छन् ।
७० प्रतिशत उत्तर कोरियालीहरू खाद्यान्नको लागि सहयोगको भरका बाँचेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख गरेको छ । धेरै उत्तर कोरियालीहरु खानेपानी तथा सरसफाईको अभाव जेलिरहेकोले बाल मृत्युदर बढेको छ । सरसफाईको अभावका कारणले ५ वर्ष मुनिका बालबालिकाहरु झाडा पखाला तथा निमोनियाका कारणले मृत्यु हुने गरेको छ ।
उत्तर कोरियामा हाल २ करोड ५० लाख जनसंख्या रहेको छ जसमा १ करोड ८० लाख जनसंख्या भोकमरीको चपेटामा रहेकोे छ । करिब १ करोड ५ लाख जनसंख्या कुपोषणबाट ग्रसित भएका छन् । उत्तर कोरियाको कृषि क्षेत्रमा समेत सरकारी हस्तक्षेप र नियन्त्रण हुने गरेको छ ।
यसरी वर्षेनी भोकमरीको चपेटामा परी हजारौँ मानिसहरुको मृत्यु भइरहेकोे छ ।
 

प्रकाशित: १० चैत्र २०७३ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App