coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

परीक्षा मर्यादित बनाउन घुम्ती टोली

जुम्ला – चैत ३ गते देखि शुरु भएको एसइई परीक्षा लाई मर्यादित बनाउन जुम्लामा घुम्ती टोलि परिचालन गरिएको छ ।
 अधिकृत स्तरको कर्मचारीले प्रत्येक केन्द्रमा सुक्ष्म निगरानी राख्ने गरी टोलि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सिजा क्षेत्रमा रहेका पाँच वटा केन्द्रका लागि जिल्ला शिक्षा अधिकारी नेतृत्वको ४ जनाको टोली परीक्षा  अवधीभर खटाइएको हो । 
 जुम्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा  फितलो भएको जनगुनासो बढेपछि प्रत्येक केन्द्रमा अधिकृतलाई अनुगमनमा खटाइएको हो । सिजामा पाँचवटा केन्द्र, लुड्कु, धापा, नराकोट, मोफ्ला र कालिकाखेतु केन्द्र छन् । विद्यालय निरीक्षक खडानन्द चौलागाईले माध्यमिक शिक्षा समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकको परीक्षालाई कडाई गर्ने निर्णय बमोजिमका क्रियाकलाप भइरहेको बताए । उनका अनुसार अहिले सम्मको परीक्षा  शान्तिपूर्ण वातावरणमा सम्पन्न भइरहेको छ । 
 जुम्लाका १४ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा  भइरहेको छ । कूल ३ हजार ७४ जना परीक्षार्थीमा २ हजार ८ सय ३७ जनाले परीक्षा  दिईरहेका छन । शिक्षा विभागदेखि सहसचिवसम्मको टोली माध्यमिक शिक्षा परीक्षाको अनुगमनका लागि पुगेको थियो । उक्त टोलिले डिल्लीचौर र झारज्वालाको केन्द्रमा अनुगमन गरेको थियो । 
 चिट चोर्ने कोठाको निरीक्षक समेतलाई निकालिदै आएको छ ।  
 

प्रकाशित: १० चैत्र २०७३ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App