coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतमा दुर्घटनामा परेकी एमाले सांसदको मृत्यु

काडमाडौं—भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी एमाले सांसद दुलारी देवीको मृत्यु भएको छ। चैत ५ गते दुर्घटनामा परेकी उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।

सांसद दुलारी देवीका दाजु रामबाबु गिरीले उपचारका लागि खुट्टा काटेको घाउमा इन्फेक्सन भएपछि मृत्यु भएको नागरिकन्युजलाई बताए।

सद दुलारी देवीका दाजु रामबाबु गिरीले उपचारका लागि खुट्टा काटेको घाउमा इन्फेक्सन भएपछि मृत्यु भएको नागरिकन्युजलाई बताए।

उनीसँगै दुर्घटनामा परेका मोटरसाइकल चालक रवीन्द्र साहको घटनास्थलमै मृत्यु भएको थियो।

एमालेको तर्फबाट उनी सर्लाहकी समानुपातिक सांसद हुन्।

सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो। चैत ५ पाँच गते बिहान ११ बजे दुर्घटना परेकी उनलाई एमाले सर्लाही क्षेत्र नम्बर ४ का पूर्व इन्चार्ज जयप्रकाश यादबले उपचारका लागि काठमाडौं ल्याएका थिए।

६ गते राजधानी ल्याइएर उनलाई बी एन्ड बी भर्ना गरिएको थियो। चिकित्सकले उपचारका क्रममा दायाँ खुट्टा काटेका थिए। काटेको घाउँमा इन्फेक्सनका कारण मृत्यु भएको बताइएको छ। गम्भीर दुर्घटनामा परेकी उनको बायाँ खुट्टाका हड्डीहरु पनि धेरै ठाउँमा भाँचिएको देखिएको थियो।

 

प्रकाशित: १० चैत्र २०७३ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App