coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शुक्रबार मेघ गर्जनसाथ पानी पर्न सक्ने

काठमाडौं- गत शुक्रबारदेखि अस्थिर रहेको मौसम बिहीबार केही सफा रहे पनि शुक्रबार भने मेघ गर्जनसहित पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार पश्चिमी मध्यपहाडी भेगमा मौसम बदली हुने र अपराह्नपछि हावाहुरीसहित पानी पर्नेछ। त्यस्तै, काठमाडौंमा पनि अपराह्नपछि हावाहुरी र मेघ गर्जनका साथ पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोखे्रलले जानकारी दिइन्।

उनका अनुसार पश्चिमी र स्थानीय वायुका कारण गत शुक्रबारदेखि अपराह्नपछि तराईका जिल्लाबाहेक क्षेत्रको मौसममा परिवर्तन आइरहेको थियो। मौसमविद्का अनुसार यस वर्ष देखिएको मौसमी बदली फरक भने होइन। 'हरेक वर्ष यो समयमा पानी पर्ने, घाम लाग्ने, कुहिरो लाग्नेजस्ता मौसमी क्रियाकलाप देखा पर्छन्', महाशाखाकी मौसमविद् पोखे्रलले भनिन्, 'पश्चिमी र स्थानीय वायुका अहिले मौसममा यस्तो बदली आएको हो।'

प्रकाशित: ११ चैत्र २०७३ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App