७ वैशाख २०८१ शुक्रबार
कला

पूर्वका पाँच सहरमा 'घुम्ती किम्फ'

खोटाङ- पूर्वी नेपालका पाँच सहरमा 'घुम्ती किम्फ २०१७' आयोजना गरिएको छ। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (घुम्ती किम्फ) मा यस वर्ष छानिएका उत्कृष्ट वृत्तचित्र इटहरी, दमक, हिले, भोजपुर र दिक्तेलमा प्रदर्शन गरिएको हो। हिमाल एसोसिएसन काठमाडौंको आयोजना तथा पत्रकार सम्बद्ध संस्थालगायतको सहआयोजनामा इटहरीबाट सुरु गरिएको प्रदर्शन बुधबार खोटाङमा आएर टुंगिएको छ।

फागुन २३ र २४ गते इटहरीमा, फागुन २६ र २७ गते दमकमा, फागुन ३० र चैत १ गते हिलेमा, चैत ४ र ५ गते भोजपुरमा तथा चैत ८ र ९ गते दिक्तेलमा 'घुम्ती किम्फ' का उत्कृष्ट फिल्म प्रदर्शन गरिएको छ।

सन्देशमूलक फिल्म तथा डकुमेन्ट्रीका माध्यमबाट युवा पंक्तिमा चेतना फैलाउने उद्देश्यले घुम्ती किम्फ आयोजना गरिएको किम्फकी संयोजक रम्यता लिम्बूले बताइन्। घुम्ती किम्फमा यसपल्ट 'अ सङ फर बारपाक', 'बाह्रखरी लाहुरे', 'बियोन्ड द ह्वाइट क्यान'', 'चन्द्र', 'दया', 'इन सर्च अफ देवकी', 'मायाज हुस्क हस्ब्यान्ड', 'मेला', 'फुलसिरी', 'सिमलको भुवाजस्तै', 'स्प्लाइट इन्डस्', 'मीरा', 'सुनकली', भाग्यले बाँचेकाहरू' लगायतका वृत्तचित्र प्रदर्शन गरिएको थियो।

प्रकाशित: ११ चैत्र २०७३ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App