१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

हलमा अस्कर विजेता फिल्म

काठमाडौं- हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ। मार्च ३१ देखि दुई सातासम्म दर्शकले अस्कर विजेता तथा मनोनयनमा परेका फिल्म हेर्न सक्नेछन्।

नेपालस्थित विदेशी फिल्म वितरण कम्पनीले यसपटकको अस्करमा उत्कृष्ट सिनेमा घोषित 'मुनलाइट', निर्देशनसहितका महŒवपूर्ण प्राविधिक विधामा उत्कृष्ट 'ला ला ल्यान्ड' र मनोनयनमा परेका फिल्म 'डिप वाटर होराइजन' प्रदर्शन गर्न लागेको हो।

क्युएफएक्ससहित देशभरका सबै मल्टिप्लेक्समा फिल्म रिलिज हुने एप्पल प्रमुख जेनिस पहारीले बताइन्। 'ढिलै भए पनि नेपाली दर्शकलाई ठूलो पर्दामा अस्करको मजा चखाउने जमर्को गरेका हौं', उनले भनिन्, 'खासगरी गम्भीर दर्शकले यी फिल्म रुचाउन सक्नुहुनेछ।'

गत महिना बाँडिएको अस्कर अवार्डमा अमेरिकी अफ्रिकी युवकको कथा प्रस्तुत गर्ने फिल्म 'मुनलाइट' सर्वोत्कृष्ट भएको थियो। क्रिटिकसहितका ठूला अवार्ड जितेको म्युजिकल ड्रामा 'ला ला ल्यान्ड' ले उत्कृष्ट निर्देशन, अभिनेत्री, छायांकन र ध्वनि विधामा अवार्ड हात पारेको थियो।

पिटरबर्ग निर्देशित डिजास्टर जन्राको बायोपिक फिल्म 'डिप वाटर होराइजन' ध्वनि सम्पादन र भिजुअल इफेक्ट विधामा मनोनीत भए पनि खाली हात फर्केको थियो।

एप्पलले मार्च ३१ मा प्रतीक्षित एनिमेटेड सिनेमा बोस बेबी रिलिज गर्दैछ। यस अवसरमा एप्पलले लाबिम मलमा रेडकार्पेट विशेष सोजको समेत आयोजना गर्नेछ। 'हामी अब फिल्म प्रदर्शन मात्र नभएर, सिनेमा सम्बन्धी गतिविधिमा समेत सक्रिय हुनेछौं', पहारीले भनिन्।

एप्पल नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको मातृ संस्था क्वेस्ट इन्टरटेनमेन्टको फिल्म वितरण विभाग हो। दशकदेखि सक्रिय एप्पलले पछिल्लो समय आफूलाई हलिउड फिल्म वितरणमा केन्द्रित गरिरहेको छ।

प्रकाशित: ११ चैत्र २०७३ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App