७ वैशाख २०८१ शुक्रबार
समाज

घुर ताप्दा घाइते भएकी महिलाको मृत्यु

इनरुवा – लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गत चैत ९ गते गाईको गोठमा लामखुट्टे धपाउनका लागि बालेको आगो ताप्ने क्रममा सारीमा आगो सल्की खातुन गम्भीर घाइते भएकी थिइन । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा खातुनको आज बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: ११ चैत्र २०७३ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App