१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा.केसीको अनसनमा रेजिडेन्ट डाक्टरको समर्थन

काठमाडौं— मेडिकल शिक्षाका विसंगतिविरुद्ध अनसनरत डा. गोविन्द केसीका मागप्रति टिचिङ अस्पतालका अावासीय डाक्टरहरुले सार्वजनिक समर्थन गरेका छन्। माफियाको पकडमा पुगेको मेडिकल शिक्षा सुधारका निम्ति डा.केसीले अनसन थालेको भोलिपल्ट सोमबार आवासीय चिकित्सकहरुले समर्थन जनाएका हुन्।

टिचिङ अस्पताल,  नेपाल रेजिडेन्ट डक्टर एशोसिएशनले सोमबार विज्ञप्ति जारी गर्दै डा.केसीका मागप्रति ऐक्यबद्धता जनाएको हो।

मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको पक्षमा सम्पूर्ण रेजिडेन्ट डक्टरहरु एकमत रहेको र डा.केसीका मागहरुप्रति सम्पूर्ण रेजिडेन्ट डक्टरहरुको समर्थन रहेको कुरा जानकारी गराउन चाहन्छौं’, रेजिडेन्ट डक्टर एशोसिएशनका अध्यक्ष डा.लिजन महर्जन तथा सचिव डा.संचित रुपाखेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
डा.केसीका अघिल्लो अनसनमा पाँचौं—छैटौं दिनतिर मात्र समर्थनमा उत्रिने रेजिडेन्ट डाक्टरहरु यस पटक भोलिपल्ट नै उनको पक्षमा देखिएका हुन्।

यसअघि सातपटक गरी ६६ दिन आमरण अनशन बसिसकेका केसीले यसपालि अख्तियारप्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोगसहितका माग अघि सारेका छन्। अस्पताल प्रशासनले अख्तियार निर्देशनमा केसीलाई सबै खालका अवरोध गरे पनि उनी अनशन बसिछाडे। अस्पताल प्रशासनले कुनै पनि हालतमा अनशनमा नसघाउन प्राध्यापक, विद्यार्थी कर्मचारीलाई सूचना नै जारी गरेको थियो।

आइओएम स्रोतका अनुसार यसअघिका अनशनमा सघाएका चिकित्सक बोलाएर अख्तियार कर्मचारीले यसपालि सघाए नराम्रो परिस्थिति आइपर्ने भन्दै धम्क्याएका छन्।
आइओएम निमित्त डिन डा। विमल सिन्हा र अस्पताल निर्देशक डा। दीपक महराको ठाडो निर्देशनमा यसअघि केसीले पत्रकार सम्मेलन गर्न र अनशन बस्न प्रयोग गर्दै आएका कोठामा ताला लगाइएपछि उनले प्राध्यापकका रूपमा उपलब्ध गराइएको सानो कोठामै अनशन थालेका हुन् ।

केसीलाई अनशन बस्न नदिन केही वरिष्ठ चिकित्सक नै लागिपरेका थिए। तर, ठूलो संख्यामा उपस्थिति विद्यार्थी, शुभेच्छुक र सर्वसाधारणले उनलाई तोकिएकै समयमा अनशनस्थल पुर्यालएका थिए।

आइओएममा डिन बनेको केही दिनमै केसीको अनशनपछि बर्खास्त भएका डा। शशि शर्मा, कारबाही माग गरिएका पूर्व क्याम्पसप्रमुख डा। रामप्रसाद उप्रेती, डा। प्रेम खड्का अनशनविरोधी प्रदर्शनलाई सघाइरहेका थिए। केसीले कारबाही माग गर्दै आएका पूर्वडिन डा। अरुण सायमी, पूर्व निमित्त निर्देशक डा।रतीन्द्र श्रेष्ठ पनि अनशनविरोधी कित्तामा उभिए।

विज्ञप्ति

प्रकाशित: २७ असार २०७३ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App