१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

ओलीको अमेरिका भ्रमण स्थगित

एमाले अध्यक्ष ओली। फाइल तस्विर

ड्यालस, (अमेरिका) – आउँदो साता मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआउने भएका छन्।

अधिवेशनमा अमेरिकाका बिभिन्न राज्यहरुबाट छानिएका एकसय ६२ प्रतिनिधि सहभागी हुनेछन्। तीन वर्षपछि हुन लागेको मञ्चको अधिवेशनको अधिकांश तयारी बाल्टिमोरमा पुरा भइसकेको जनाइएको छ।

न्तिम समयमा आएर अध्यक्ष ओली आउन नसक्ने जानकारी आएको मञ्चका महासचिव प्रभु थापाले नागरिकन्युजलाई बताए। ‘यतिखेर नेपालमा स्थानीय तहको निर्वाचन लगायत धेरै गहन कामहरु भएकाले उहाँ आउन नसक्ने जानकारी आएको छ,’ थापाले भने। यही मार्च ३१ देखि अप्रिल २ सम्म मेरिल्याण्डको बाल्टीमोर शहरमा मञ्चको अधिवेशन हुँदैछ। 

अमेरिकी कानुनअनुसार गैर नाफामुखी तथा सामाजिक संस्थाको रुपमा ५०१ ‘सी’ अनुसार दर्ता भएको मञ्चलाई एमाले निकट प्रवासी संस्थाका रुपमा चिनिन्छ। अध्यक्ष ओली व्यस्तताका कारण आउन नसकेपनि पूर्वमन्त्री तथा एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ आउँदो मंगलबार अमेरिका आइपुग्दैछन्। 

अधिवेशनकै सिलसिलामा एमाले नेता तथा पूर्बमन्त्री युवराज कार्की गत सातानै अमेरिका आइपुगेका छन्। गुरुङसँगै अर्का पूर्बमन्त्री तथा एमाले नेता खगराज अधिकारी आउने थापाले जानकारी दिए। उता अमेरिका भ्रमणमा रहेकी अनेरास्ववियूकी अध्यक्ष नबिना लामा पनि सहभागी हुने भएकी छिन्। 

अधिवेशनमा अमेरिकाका बिभिन्न राज्यहरुबाट छानिएका एकसय ६२ प्रतिनिधि सहभागी हुनेछन्। तीन वर्षपछि हुन लागेको मञ्चको अधिवेशनको अधिकांश तयारी बाल्टिमोरमा पुरा भइसकेको जनाइएको छ।

वर्तमान अध्यक्ष सञ्जय थापाले नेतृत्व नदोहोर्‍याउने घोषणा गरेपछि यतिखेर टेक्ससका जनक राना र मेरिल्याण्डका प्रभु थापा अध्यषका लागि अघि बढेका छन्। न्यूयोर्कका टेक गुरुङले पनि अध्यक्षमा उम्मेदवार हुने चासो दिएका छन्। उनी सहमति गरेर चयन गर्नुपर्छ भन्दै आएका छन्। 

उता महासचिव पदमा न्यूयोर्कका राधाकृष्ण देउजा र टेक्ससका कमल ओझाले चासो दिएका छन्। नेपालमा छँदा एमाले तथा भातृसंस्थाका माथिल्ला तहमा रहेर काम गरेका हजारौँ कार्यकर्ताहरु अमेरिकामा छन्। मञ्चको नेतृत्वको निष्कृयताले गर्दा त्यस्ता व्यक्तिहरुले संस्थामा सकृयता देखाएका छैनन्। यस पटक त्यस्ता व्यक्तिहरुलाई पनि नेतृत्व तहमा ल्याउनुपर्ने अवस्था रहेको महासचिव थापाको भनाई छ। 

अमेरिकाका ५० मध्य २२ राज्यमा मञ्चका सदस्यहरु रहेको दावी पदाधिकारीहरुले गरेका छन्। ​

 

 

प्रकाशित: ११ चैत्र २०७३ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App