८ वैशाख २०८१ शनिबार
अर्थ

म्यादी प्रहरीमा खुल्यो ७५ हजारलाई रोजगारी

काठमाडौं– नेपाल प्रहरीले ७५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै प्रहरीले म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

५५ दिनको सेवा अवधि रहने उक्त म्यादी प्रहरीमा भर्ना हुन चाहने नेपाली नागरिकले देशभर रहेका सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ। उक्त सेवाका लागि आकांक्षीहरुले चैत १७ गतेभित्र दरखास्त बुझाउनु पर्ने प्रहरीले जनाएको छ।  

सेवामा नियुक्त हुने म्यादी प्रहरीहरुले नेपाल प्रहरीको जनावा सरहकै सेवा सुविधा र तलब पाउने प्रहरी जनाएको छ।

पूर्व सुरक्षाकर्मी, विदेशी सुरक्षा विभागका पूर्व सुरक्षाकर्मी, नेपालका सुरक्षा विभागमा भर्नाका लागि आवेदन गरेर अयोग्य ठहरिएका र विगतका निर्वाचनमा म्यादी प्रहरी बनिसकेकालाई विशेष प्राथमिकता दिइने जनाएको छ।

१८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेकाले आवेदन गर्न सक्ने उनले बताए।

प्रकाशित: ११ चैत्र २०७३ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App