coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राजर्षि जनक कपः सडेन डेथमा मनाङ मर्स्याङ्दी विजयी

बल नियन्त्रणमा लिँदै ब्वाइज युनियनलाई काठमाडौं(पहेंलो)र मनाङ मस्र्याङ्दी(स्काइ ब्लु)। तस्बिरः सन्तोष सिंह

सर्लाही– सर्लाहीको बागमतीमा जारी ए डिभिजन ‘राजर्षि जनक कप’अन्तर्गत तेश्रो दिन शुक्रबार भएको खेलमा सडेन डेथमा ब्वाईज युनियन काठमाडौंलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी विजयी भएको छ। 

दोश्रो हाफको ५ मिनेट नबित्दै रोतो कार्ड पाएर समसोन बाहिरिएपछि १० खेलाडीमा सीमित भएको मनाङमस्र्याङ्दीले रक्षात्मक खेल प्रदर्शन गर्दै सडेन डेथमा विजय हात पारेको हो । खेलको ५१ औं मिनेटमा विमल रिमालले गोल गरी मनाङ मस्र्याङ्दीलाई ०–१ को अग्रता दिलाएका थिए । 

खेलको उतराद्र्धमा ब्वाइज युनियनकातर्फबाट जिमनीले गोल फर्काएपछि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो। निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि ५र५ पेनाल्टी सुटसमेत ४–४ को बराबरीमा टुंगिएको थियो। 

पेनाल्टी सुटपछि सडेन डेथमा ब्वाइज युनियनको प्रहार पोष्टबाहिर खेर गएपछि मनाङ मस्र्याङ्दीको जित पक्का भएको थियो। मनाङ् मस्र्याङ्दीको तर्फबाट एक गोल गरेका विमल रिमालले म्यान अफ दी म्याच घोषित भई नगद ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्र्तगत शनिबार चौथो दिनको खेल सशस्त्र प्रहरी क्लब र जावलाखेल युवा क्लब बीच हुने छ।

 

प्रकाशित: ११ चैत्र २०७३ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App