coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पशु बलि निषेध गर्न माग

काठमाडौँ  – अहिंसा प्राणी शाकाहारी समाजले मन्दिरमा पशु बलि निषेध गर्न माग गर्दै आज कामपा, नक्साल, भगवतीबहालस्थित भगवती मन्दिरमा धर्ना दिएको छ । 

सो समाजले गत वर्षदेखि सञ्चालन गरेको बलि निषेध महाचेतना अभियानअन्तर्गत शनिबार  त्यस क्षेत्रमा विरोध गरिएको हो । प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बलि चढाइने मन्दिरमा चेतनामूलक कार्यक्रम गरी बलि चढाउन आएका भक्तजनलाई सम्झाइबुझाइ गरी फर्काउने काम समाजले सहयोग गरेको छ । 

समाजका अध्यक्ष विकेश श्रेष्ठले मन्दिरमा गरिने पशु हिंसाले सर्वसाधारण मानिसको मनमा चोट पुर्याउने भएकाले त्यसमा प्रतिबन्ध लगाइनुपर्नेमा जोड दिए । उनले नेपालमा पशु बलि गर्नेमा देशको कुल जनसङ्ख्याको एक प्रतिशत पनि नरहेको जिकिर गर्दै शान्ति स्थापनाका लागि प्राणी हिंसा बन्द गरिनुपर्नेमा जोड दिए । 

विसं २०७२ जेठ १६ गते दक्षिणकालीबाट सुरु भएको सो अभियान निरन्तर सञ्चालन गरिने बताइएको छ । देशभर रहेका बलि चढ्ने करिब एक हजार मन्दिरमा धार्मिक गतिविधि गरी अभियान पुर्याइने अभियानकर्मी दुर्गानाथ दाहालले जानकारी दिए । रासस 

प्रकाशित: १२ चैत्र २०७३ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App