coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुरमा १ सय ५८ महिलासहित ३ सय ९१ जनप्रतिनिधि

उदयपुर – आउँदो स्थानीय चुनावपछि यहाँका १ सय ५८ महिलाले स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी पाउने भएका छन् । स्थानीय तह घोषणासँगै सरकारले ल्याएको पछिल्लो समावेसी अवधारणा अनुसार गाउँ/नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये १ अनिवार्य र प्रत्येक वडामा १ दलितसहित २ जना सदस्य अनिवार्य गरेसँगै सो संख्यामा महिला जनप्रतिनिधित्व हुने भएको हो । 
    उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ७५ वडा कायम भएको छ । ८ तहमा ८ जना र ७५ वडामा अनिवार्य २ जनाका दरले १ सय ५० जना महिलाले जनप्रतिनिधित्व गर्नेछन् । महिलाले चाहे वडा अध्यक्ष र ४ जनै सदस्यमा पनि उम्मेदवारी दिन पाउनेछन् । त्यस्तै गाउँ वा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पनि हुनसक्ने भएकाले यो संख्या बढ्न पनि सक्ने जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी गणेश दाहाल बताउँछन् ।
८ तहमा प्रमुख र उपप्रमुख गरी १६ जना र हरेक वडामा ५ जनाका दरले ३ सय ९१ जनप्रतिनिधि चुनावबाट छानिने निर्वाचन कार्यालयले जनाएको छ । 

९८ मतदान केन्द्र 
आगामी वैशाख ३१ गते हुने घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि यहाँ ९८ वटा मतदान केन्द्र तोक्न सिफारिस भएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर ९८ ठाउँमा मतदानस्थल तोक्न सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
स्थानीय पुनर्संरचनापछि ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तह बनाइएको उदयपुरमा यसअघि ०७० को दोस्रो संविधानसभा चुनावमा भन्दा ११ वटा बढी केन्द्र थपिएको निर्वाचन अधिकारी एकबहादुर बस्नेतले बताए । सबभन्दा बढी केन्द्र सदरमुकाम त्रियुगा नगरपालिकामा २५ वटा तोकिएको छ । दोस्रो ठूलो नगरपालिका कटारीमा १५ केन्द्र तोक्ने सिफारिस भएको छ । त्यस्तै साविक बेलटारबसाहा र हाल चौदण्डी नगरपालिकामा १६ वटा र बेलका नगरपालिकाकामा ९ वटा केन्द्र तोकिएको बस्तेतले बताए । 
गाउँपालिकातर्फ सबभन्दा बढी केन्द्र उदयपुरगढी गाउँपालिकामा ११ वटा तोक्न सिफारिस भएको छ । रौताईमाईमा ८, सुनकोसी र ताप्ली गाउँपालिकामा ७÷७ वटा केन्त्द्र तोक्न सिफारिस भएको निर्वाचन कार्यालयले जनाएको छ । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुरमा ८७ केन्द्र कायम भएका थिए । त्यसयता मतदाता संख्या पनि बढेको तथा स्थानीय तह पुनर्संरचनापछि स्थान हेरफेर भएका कारण सहज बनाउन ११ वटा केन्द्र थप गर्न सिफारिस भएको बस्नेतको भनाई छ । 
समितिले गरेको सिफारिस अनुसार केन्द्र तोक्न निर्वाचन आयोगमा पत्राचार गरिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले प्रमाणित भएपछि केन्द्र कायम हुने बस्नेतले बताए । उदयपुरका ८ गाउँ/नगरपालिकामा कूल ७५ वटा वडा कायम गरिएको छ । 
 

प्रकाशित: १२ चैत्र २०७३ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App