coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नयाँ भारतीय राजदूत सिंह काठमाडौं आए

नयाँ राजदूत मन्जिव सिंह पुरीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै डिसिएम विनय कुमार।

काठमाडौं- नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन्। शनिबार बिहान काठमाडौं आइपुगेका पुरीले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।   

यस अघिका राजदूत रणजित रायले आफ्नो कार्यकाल पुरा गरेको तीन साता पछि सिंह काठमाडौं आएका हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा डेपुटि चिफ अफ मिसन (डिसिएम) विनय कुमार लगायत दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए।

सिंहले भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेमवर्गको राजदूतका रुपमा काम गरिसकेका छन्। भारतीय परराष्ट्र सेवामा सन् १९८२ ब्याचका पुरीले संयुक्त राष्ट्र संघका लागि भारतका उप- प्रतिनिधिको रुपमा समेत काम गरिसकेका छन्। भारतीय सेक्युरिटी काउन्सिलको बरिष्ठ सदस्यको रुपमा समेत २०११ देखि २०१२ सम्म काम गरेका थिए। उनीसँग विभिन्न देशका नियोगमा रहेर काम गरेको अनुभव छ।

१९५९ मा जन्मिएका पुरीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। सिंहले सेन्ट स्टेफेन्स कलेज दिल्ली टप गरेका थिए।  

 

 

 

 

प्रकाशित: १२ चैत्र २०७३ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App