८ वैशाख २०८१ शनिबार
खेल

युवा खेलाडीमा नेपालको विश्वास (भिडियो)

सामूहिक तस्बिर खिचाउँदै क्रिकेट टिम। तस्बिर: प्रबिन कोइराला

काठमाडौं–नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशमा शनिबारबाट हुने एसिसी इमर्जिङ कपमा यूवा खेलाडीबाट राम्रो प्रदर्शनको आशा गरिएको बताए।

शनिबार विदाइ कार्यक्रममा ज्ञानेन्द्रले सिनियर खेलाडीलाई आरम दिएको र नयाँ खेलाडीको आगमनले नेपालको बेन्च बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

 ‘नयाँ खेलाडीहरुले मौका पाएका छन् । उहाँहरुमा पनि सम्भावना भएरै हामीले टोलीमा ल्याएका हौं। चाडै नेपाल ‘ए’ टिम पनि बनोस भन्ने हाम्रो चाहना हो,’ नियमित कप्तान पारस खड्काको अनुपस्थितीमा कप्तानको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रले भने, ‘पाकिस्तान र बंगलादेशजस्तो टोलीसँग खेल्न पाउनु उनीहरुको लागि राम्रो अवसर हो।’

भिडियो:

 

टिममा अनुभवी स्पिनर शक्ति गौचन, वसन्त रेग्मी, तिब्र गतिका बलर सोमपाल कामीलाई आरम दिएको छ। त्यसैले नेपालको बलियो पक्ष मानिने बलिङ नयाँ अनुहार देखिने पक्का छ।

टिममा अनुभवी स्पिनर शक्ति गौचन, वसन्त रेग्मी, तिब्र गतिका बलर सोमपाल कामीलाई आरम दिएको छ। त्यसैले नेपालको बलियो पक्ष मानिने बलिङ नयाँ अनुहार देखिने पक्का छ।

प्रतियोगिताको समूह चरणमा नेपालले आयोजक बंगलादेश, पाकिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा सोमबार पाकिस्तानसँग खेल्ने नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को अन्तिम खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

२० सदस्यीय नेपालीलाई टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशबकुमार बिष्टले विदाई गरेका थिए । नयाँ खेलाडी आउनु क्रिकेटको सुखद पक्ष भएको भन्दै सदस्य सचिवले आइसिसीको आगमी पूर्ण बैठकभन्दा अघि निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता फुकुवा हुने बताए।

‘लामो समयदेखी आइसिसीले क्यान कर्मचारी र खेलाडीको कन्ट्रयाक रकम रोक्का गरिरहेको छ। नामिविया र केन्याविरुद्धको खेलमा टिकटबाट उठेको पैसाबाट भए पनि छिटो भन्दा छिटो रमक उपलब्ध गराउन मैले अनुरोध गरेको छु,’ सदस्य सचिव बिष्टले भने, ‘ जुनमा हुने आइसिसी साधारणसभाअघि क्यानको निलम्बन फुकुवा हुन्छ र त्योभन्दा अघि पौसा निकासा हुने विश्वास दिलाउन चाहन्छु।’

को को छन् नेपाली टोलीमा ?

नेपाली टोलीः ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावकर (उप कप्तान), विनोद भन्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुसन भारी, दीपेश श्रेष्ठ दीलिप नाथ

मुख्य प्रशिक्षकः जगत टमाटा, साहायक प्रशिक्षक महेश रिजाल, दिनेश भट्ट (फिजियो), व्यस्थापनः रमन शिवाकोटी, सुरज शाक्य

 

प्रकाशित: १२ चैत्र २०७३ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App