coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट महिलाको मृत्यु

भक्तपुर- भक्तपुरको चागुनारायण नगरपालिका ८ सुडालस्थित सरस्वती ईट्टा भट्टामा शनिबार भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। बा.४ ख. ६५२१ नं. को निशान गाडीले ईट्टा लोड गरी ब्याक गर्ने क्रममा ठक्कर दिंदा कोहलपुर ८ पिपरीगाँउ घर भई सोही ईट्टाभट्टामा काम गर्ने बर्ष ३५ की लाली पुनको मृत्यु भएको हो।

 ठक्करपछि घाईते भई उपचारको लागि भक्तपुर अस्पताल पठाइएकोमा दिउँसो १ बजेको समयमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले बताए। चालक काभ्रे जिल्ला साठ्ठिघर गाविस ९ बस्ने बर्ष ३७ को सिनाराम श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । साथै गाडी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 

 

 

 

प्रकाशित: १२ चैत्र २०७३ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App