coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

असिनाले रौतहटमा करोडौंको क्षति

असिनाले पुरयाएको क्षति एमाओवादीका केन्द्रिय सदस्य एवं पुर्व सभाषद देवेन्द्र पटेलले देखाउँदै। तस्बिरः मदन ठाकुर

रौतहट– हावाहुरी र पानीसहित असिनाले रौतहटमा करोडौंको क्षति पु¥याएको छ। शुक्रबार राति परेको ठूलो असिनाले रौतहटको विश्रामपुरको बलेरीमा घर र बालीमा करोडौंको क्षति पु¥याएको हो।

असिनाले कम्तीमा हजार बिगाहा खेतमा लगाइएको मकै र गहुँबाली सोत्तर भएको छ। बालीमा ठूलो क्षति भएपछि स्थानीय किसानको घरमा रुवाबासी भएको छ।

“अहिलेसम्म नसुनिएको ठूलो असिना झरेर धेरैको खपडा र टायलले छाएको घर बर्बाद पारेको छ,” स्थानीय शिक्षक प्रेमशंकर पटेलले बताएका छन्, “असिनाले कैयौँको उठिबास गराएको छ।”

नेकपा माओवादीका केन्द्रीय सदस्य एवं पूर्व साँसद देवेन्द्र पटेल खेतमा असिनाले पु¥याएको क्षति देखाउँदै भन्छन्, “करोडौँको क्षतिले मकै तथा गहुँ किसान आहत भएका छन्।” गाउँमा गहुँ, मकै, मसुरो लगायतका बाली र घरको छाना गरी पाँच करोडभन्दा बढीको क्षति भएको पूर्व साँसद पटेलको दाबी छ।

गाउँको करिब तीन सय घरको छानो बस्नै नसक्ने गरी बर्बाद भएको स्थानीय शिक्षक भोला पासवानले बताए। खपडा र टायलले छाएको करिब तीन सय घरलाई असिनाले बर्बाद पारेको र करिब दुई दर्जन फुसको घरको छानो हावाहुरीले उडाएको बताउँदै शिक्षक पासवान भन्छन्– छानो नै बर्बाद भएपछि कतिपय विपन्न परिवारको उठिबास हुने भएको छ।

बालीनाली र छानो दुवै बर्बाद भएपछि स्थानीयमा खाने र बस्ने दुवै समस्या देखिएको छ। खपडा र टायलको छानालाई असिनाले फुटाएर घरमा राखेको खाद्यान्न तथा अन्य सामग्री भिजाइदिएको छ। खेतको बालीलाई पनि असिनाले खेतमै सोत्तर बनाएपछि गाउँमा खाने र बस्ने दुवै चिन्ताले सताउन थालेको सामाजिक अगुवा प्रभु पटेलले बताएका छन्। पटेल भन्छन्, “सरकारले तत्काल राहत नदिए केही विपन्न परिवारको बिचल्ली हुन्छ।”

असिनाले घर र बाली दुवै बर्बाद पारेपछि साँसद रामकुमार भटराई, प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा, जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादव, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीलगायतले घटनास्थलको निरीक्षण गरेका छन्।

 

प्रकाशित: १२ चैत्र २०७३ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App