coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल बेइजिङमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन्।

साताव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए।

प्रधानमन्त्री दाहाल आजै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ भने नेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन गर्ने छन्।

आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यस्तै, सोमबार उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शनिबार बिहान एशियाका लागि बोआओ मन्चको बार्षिक सम्मेलनमा सम्बोधन पश्चात चीनको बोआओ शहरबाट शनिबारनै बेइजिङ पुगेका हुन्। रासस

प्रकाशित: १२ चैत्र २०७३ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App