८ वैशाख २०८१ शनिबार
प्रविधि

ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट

काठमाडौं- पहिलो चरण अन्तर्गत भारत लगायत इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र म्यानमारमा सार्वजनिक भएको ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट एफथ्री प्लसले गु्रप सेल्फी ट्रेन्डको सुरुआत गर्ने अपेक्षा गर्न सकिन्छ।

निरन्तर नवप्रबर्तन उन्मुख वैश्विक स्मार्टफोन ब्रान्ड ओप्पोले सार्वजनिक गरेको एफथ्री प्लसमा ब्रान्डको पहिलो डुअल सेल्फी क्यामेरा समाहित गरिएको मात्रै होइन यसमा रहेको एक सय २० डिग्री वाइड एङ्कल सहितको गु्रप सेल्फी क्यामेराले उत्कृष्ट फोटो खिच्न सकिन्छ।

ओप्पोका लागि नयाँ ब्रान्ड एम्बेसेडर बलिउड स्टार दिपिका पादुकोण र फोटोग्राफर डब्बु रत्नानीले समेत तारिफ गरेको सेल्फी अनुभवका कारण पनि फोनको आकर्षण बढ्ने देखिन्छ। कम्पनीले नेपाली बजारमा बिहीबारदेखि प्री बुकिङ सुरु गरेको भए पनि फोनमा रहेको डुअल सेल्फी फ्रन्ट क्यामेराले गुणस्तरीय सेल्फी लिन सघाउँछ। 

फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेल क्षमता सहितको क्यामेराका साथै गु्रप सेल्फीका लागि एक सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध छ। कम्पनीले फोनमा रहेको रियर क्यामेरा सोनीसँगको सहकार्यमा विकास गरेको जनाएको छ।

साथै प्रयोग गर्न सहज तथा आकर्षक यस फोनमा उपलब्ध कस्टमाइज्ड आइएमएक्स३९८ सेन्सर सिरियर फोटोग्राफीको लागि उपयुक्त देखिन्छ। कम्पनीले पनि एफथ्री प्लस उत्कृष्ट कार्यक्षमता, आकर्षक, सुरक्षित, टिकाउ तथा अहिलेको मागलाई विशेष ध्यानमा राखेर विकास गरेको जनाएको छ।

ग्लोबल भिपी तथा ओप्पो इन्डियाका अध्यक्ष स्काई लीको भनाइ झैं एफ सिरिज अन्तर्गतका सेल्फी एक्स्पर्टको साथमा ओप्पो सेल्फीमा क्रान्ति नै हो। उनले दाबी गरेझैं यो ब्रान्ड दक्षिणपूर्वी एसिया तथा विश्वका अन्य क्षेत्रमा तीव्र गतिमा वृद्धि हासिल गरिरहेको छ।

जिएफकेको तथ्यांकअनुसार गत वर्ष ओप्पो भारतीय अफलाइन बजारमा दोस्रो स्मार्टफोन ब्रन्डका रुपमा स्थापित भइसकेको हो। त्यसैले, डुअल सेल्फी क्यामेरा एफथ्री प्लसले ग्रुप सेल्फी ट्रेन्डका लागि नयाँ जग बसाल्दै ओप्पोलाई सेल्फी एक्स्पर्टका रुपमा आफ्नो स्थान थप दरिलो बनाउन सघाउने उनले विश्वास व्यक्त गरे।

नयाँ फोनमा रहेको १/३ इन्च सेन्सरले तस्बिर खिच्दा पर्याप्त प्रकाश उपलब्ध गर्दै उत्कृष्ट फोटो खिच्न सघाउँछ। फोनमा रहेको क्यामेरामा उत्कृष्ट डेप्थ अफ फिल्ड इफेक्टका लागि एफ/२.० एपर्चर पनि उपलब्ध छ। यस्तो प्रविधिले फोटो खिच्दा फोकसमा पारी पृष्ठभूमिलाई आवश्यक मात्रामा धमिलो बनाउने गर्दछ।

फोनको क्यामेरामा गु्रप सेल्फीका लागि आठ मेगा पिक्सेल क्षमताको एक सय २० डिग्री वाइड एंगल सहितको विशेष क्यामेरा पनि उपलब्ध छ। यस क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा एक सय पाँच प्रतिशत बढी क्षेत्र समेट्दै तस्बिरमा बढी मानिस समेट्दछ। साथै, फोनमा रहेको बिल्ट इन स्मार्ट फेसियल रेकग्निसन फिचरले प्रयोगकर्तालाई तीनभन्दा बढी मानिस फ्रेममा देखिँदा गु्रप सेल्फी मोडको प्रयोग गर्न आफै सुझाव दिन्छ।

साथै प्रयोगकर्ताको लागि फोनमा कम्पनीले चार हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ। यसले कम्पनीले दाबी गरेझैं दुई सय ८४ घण्टाको स्ट्यान्डबाई टाइम दिन्छ। भिओओसी फ्ल्यास चार्जिङ समाधान उपलब्ध भएकाले यो फोन साधारण ब्याट्रीको तुलनामा चार गुणा चाँडै चार्ज हुन्छ। साथै, प्रयोगकर्ताले पाँच मिनेट मात्रै ब्याट्री चार्ज गरी दुई घण्टासम्मको टक टाइम पाउन सक्नेछन्।

फोनको सुरक्षार्थ बिल्ट इन प्राइभेसी प्रोटेक्सन फिचर र आभास्टमा आधारित भाइरस स्क्यानर पनि उपलब्ध गरिएको यस फोनमा कम्पनीले बजारकै तीव्र लाइटनिङ फास्ट टच एक्सेस उपलब्ध गराएकाले पनि प्रयोगकर्ताको आकर्षण बढ्ने देखिन्छ।

साथै, यसमा थप ०.२ सेकेन्डमा मात्र अनलक हुन होम बटन फिंगर प्रिन्ट रिडर पनि जडान गरिएको छ। मेटल युनिबडी डिजाइन रहेको यो फोन ६ इञ्च, २.५ कोर्निङ गोरिल्ला ग्लास फाइभका साथै प्रि एप्लाइड स्त्रि्कन कोटिङमा पनि उपलब्ध छ।

प्रकाशित: १३ चैत्र २०७३ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App