५ वैशाख २०८१ बुधबार
प्रविधि

एनसेलले घटायो ३० देशको कल शुल्क

काठमाडौं- एनसेलका ग्राहकले अब लोकल कलको दरमा नै भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्युजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन्। एनसेलले सोमबारदेखि लागू हुने गरी नयाँ योजना ल्याएको भन्दै यसअन्तर्गत ग्राहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा ३० मुलुकमा कुरा गर्न सक्ने जनाएको छ।

कम्पनीले यो योजना १५ दिनसम्म लागू हुने जानकारी पनि दिएको छ। जसमा एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिन सक्ने र लोकल कल सरह विदेशमा कुरा गर्न सक्ने बताएको छ। यो अफरको लाभ लिनका लागि एनसेलका ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी निःशुल्क सहभागी हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: १४ चैत्र २०७३ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App