७ वैशाख २०८१ शुक्रबार
कला

र्‍याम्पमा युरो फिभर

काठमाडौं- युरो कपको क्रेजले नेपाली खेलप्रेमीमात्र होइन फेसन दुनियाँलाई पनि प्रभावित पार्‍यो। काठमाडौंमा आइतबार राति  युरो कपप्रति समर्पित फेसन शोसहितको एक ग्ल्यामरस कार्यक्रम नै सम्पन्न भयो।

बेटर ग्यालेक्सीले गरेको 'हार्ट डिजाएर रनवे ३ एन्ड युरो फिभर' शीर्षकको कार्यक्रम फेसन शो, लाइभ कन्सर्ट, डिजे सेसन हु“दै युरोकप फुटबल प्रतियोगिताको फाइनल खेलको प्रसारणपछि टुंगिएको थियो।

राती ९ बजेदेखि सुरु भएको कार्यक्रमको थालनी फेसन शोबाट गरिएको थियो। एक दर्जन मोडलहरुले विभिन्न चार सिक्वेन्समा पहिरन प्रदर्शन गरे। फेसन शोमा कायरा बुटिक, लफ स्टुडियो, नेपाल फेसन हाउस तथा सजिना कलेक्सनका डिजाइन समावेश थिए।

मोडलहरुले लेहेंगा, गाउन, सारी, कुर्ता, वन पिस सहितका पहिरन लगाएर र्‍याम्पमा हिँडे। फेसन शोको अन्तिम सिक्वेन्समा चाहिँ पोर्चुगल तथा फ्रान्सका आधिकारिक जर्सीको प्रदर्शन गरिएको थियो। हातमा फुटबल लिएर र्‍याम्पमा क्याटवाक गरेका मोडलहरुले खेलाडीकै हाउभाउ प्रस्तुत गरेका थिए।

थापाथलीको ब्लुबर्ड मलस्थित मुड्स लाउन्जमा धीरज तण्डुकार तथा मनीष शाक्यद्वारा कोरियोग्राफ गरिएको फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरु फुटबलको जर्सीमा प्रस्तुत हु“दा कार्यक्रमको फुटबल माहौल बढेको थियो। फेसन शोको क्रममा आयोजित सांगीतिक कार्यक्रममा गायक सुमन श्रेष्ठ तथा धर्म लामाले आफ्ना गीत सुनाएका थिए। फेसन शो तथा सांगीतिक प्रस्तुतिपछि करिब ११ बजेदेखि डिजे कबिरले डिजे सेसन चलाए, त्यसपछि दर्शकहरुले युरो कप फुटबल फाइनलको मज्जा लिएका थिए।

प्रकाशित: २८ असार २०७३ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App