८ वैशाख २०८१ शनिबार
विचार

एउटा कांग्रेसीको बयान

प्रिय गगन र विश्वप्रकाशज्यू,

गरिब, विपन्न, अशिक्षित, बेरोजगार, स्वास्थ्य उपचार नपाउने, दूरको बस्ती, निरीहहरुको लोक खोटाङबाट सम्झिएको छु। नमस्कार! जय नेपाल! नेपाली कांग्रेसको राजनीतिबाट देशलाई बदल्छु भन्ने तपाईंहरु कांग्रेस भित्रका आशा र भरोसाका पुञ्ज हुनुहुन्छ, चम्किला नक्षत्र हुनुहुन्छ। तपाईंहरुको विषयमा सधैँ यस्तै लेख्न पाउँ, यस्तै सोच्न पाउँ ।

धेरै प्रश्नहरुले उद्वेलित हुँदै, आशा र निराशाको मझधारबाट यो चिठी लेख्दै छु । भनिदिनुहोस्, आजका दिनमा पुराना राजनीतिक दलको काम गर्ने तौरतरिकाबाट आधुनिक र सम्पन्न देशको निर्माण हुन सक्दैन भन्ने बहस आगोसरी दन्किरहेको यस अवस्थामा म कांग्रेसकै सदस्य भएर बसिरहनु पर्ने कारण छ ? म अहिले ३३ वर्षको भएँ । यो प्रश्न मेरो पुस्ताका धेरै कांग्रेस र कांग्रेसस“ग साक्षात्कार गर्न चाहने लाखौँ नेपालीहरुको पनि हो । क्षमा गर्नु होला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशााली वर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन । स“गै देशको समृद्ध भविष्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन । नेतृत्वका लक्ष्यहरु सधैँ आफु केन्द्रित मात्र छन् । सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ । नेतृत्वस“ग न इमान–जमान छ,  न विधि र प्रक्रिया छ, न सपना र कल्पनाशीलता छ । न समस्या समाधान गर्न सक्ने कार्यकौशलता नै छ । त्यसैले महोदयहरु, आज मेरो मनको अन्तस्करणदेखि देश फेर्नलाई कांग्रेस फेरिन्छ कि फेरिँदैन भन्ने विचारको ज्वारभाटा विष्फोट भएको छ । भनिदिनु होस्, रवीन्द्र मिश्रले देश फेर्छु भनी बिबिसीको सुविधा, प्रतिष्ठा र पैसा छाडे, हामीले कांग्रेस छाडिरहनु पर्छ या पर्दैन ?

बिपी कोइरालाजस्ता उच्च नैतिक आर्दश, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित र पराक्रमी व्यक्तिको व्यक्तित्वको जगमा निर्माण भएको नेपाली कांग्रेस आजका दिनमा न्यूनतम कुराहरुको समाधान दिन नसक्ने अवस्थामा ओर्लिएको छ । संविधान घोषणापश्चात मधेस निरन्तर आक्रोशमा छ, अन्धराष्ट्रवाद र राष्ट्रियताको हुरीले देश आक्रान्त छ अनि अन्तर्राष्ट्रिय सम्बन्धहरु सुखद् छैनन् तर पनि कांग्रैसले यी महŒवपूर्ण र गम्भीर विषयलाई सन्तुलनमा ल्याउनका खातिर ठोस धारणा र कदम अख्तियारी गरेन । भनिदिनुहोस्, आज नेपाल मधेसको नाममा, पहाडको नाममा, हिमालको नाममा, जातको नाममा, धर्मको नाममा, संस्कृतिको नाममा, क्षेत्रको नाममा र छिमेकी देशहरुको नाममा बेजोड ढंंगले विभक्त छ, चिराचिरा छ । यी विभाजनका रेखाहरु मेटाउने विषयमा कांग्रेसले छाता दृष्टिकोण र छाता अभिभाकत्व लिनु पर्छ कि पर्दैन ? भनिदिनुहोस्, बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र सुवर्ण समसेरहरुको नाम मात्रै सम्झदा पनि श्रद्धाले शिर झुकाउन मन लाग्छ, गर्वले छाति ठूलो हुन्छ तर यसको ठीक उल्टो अहिलेको नेतृत्वलाई सम्झँदा किन मनभरि तिरस्कारको पहाड निर्माण हुन्छ ? किन लज्जाबोध हुन्छ ? पार्टीले समाजलाई डो¥याएर हिँड्नु पर्नेमा समाज नै अगाडि बढिसक्दा पनि पार्टी बेपरवाह छ, बेमतलब छ । सुरको राजनीति, इमानको राजनीति एकादेशको कथा भएपछि देशले पाउने व्यथा मात्र हो । कृपया तपाईंहरुले बुझिदिनुस्, अब मेरो पुस्ताले यो कुरा सहने र स्वीकार्ने धैर्य राख्न सक्दैन ।

सन् २००४ मा अमेरिकामा डेमोक्र्याट पार्टीका राष्ट्रपति पदका उम्मेद्वार जोन केरीलाई कसैले इलेनोई राज्यको विधान सभा सदस्य बाराक ओबामाका बारेमा सुनाएका थिए । सिकागोमा ओबामासँगको भेटपछि केरी यति प्रभावित भए कि ओबामाको उम्मेदवारी अनुमोदन गराउन अग्रसरता लिँदै ओबामालाई ‘कि नोट स्पिकर’ बनाए । केरी आफू भने जर्ज डब्लु बुससँग पराजित हुनु प¥यो । प्राइमरी चुनावमा हिलारी क्लिन्टनलाई हराउ“दै ओबामा डेमोक्र्याट पार्टीका राष्ट्रपतिका आधिकारिक उम्मेदवार भए र अन्ततः राष्ट्रपति पनि भए । ओबामालाई अवसर दिने केरी ओबामाको दोस्रो कार्यकालमा ओबामाको मन्त्रिमण्डलमा जमे । भनिदिनु होस्, यो हैसियतको उच्च राजनैतिक परिपाटी र ठूलो छातिको अभ्यास कांग्रेसको राजनीतिमा उदाउँछ कि उदाउँदैन ? सैयौ“ै कमजोरीले असक्षम प्रमाणित गरिसक्दा पनि पटक–पटक आफैँ नेतृत्वमा नै बसिरहनु पर्ने कारण के ? उदेक लागेर आउँछ, अमेरिकाको ‘हार्वर्ड’, बेलायतको ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ र अस्टे«लियाको ‘नेसनल युनिभर्सिटी’ पढेका, चीनसहित विभिन्न देशको वैदेशिक लगानी नीति निर्माणमा सहयोग गरेका, संसारको मानव विकास प्रतिवेदन २०१३ को सहलेखन गरेका, विश्व बैंकको अमेरिकास्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रिका रुपमा काम गर्दै गरेका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले आफ्नो वार्षिक करोडौं आम्दानी छाडेर कांग्रेसको राजनीतिमार्फत देश बदल्छु भनी नेपाल फर्र्र्किए तर नेतृत्वले पार्टीको क्रियाशील सदस्यता दिने विषयमै धेरै यातना दियो र अन्ततः योजना आयोगमा लगेर थन्काइदियो । नेतृत्वबाट किन वाग्ले वा रामेश्वर खनाल जस्तालाई पार्टीको प्रत्यक्ष राजनीतिमा ढोका बन्द गरिन्छ तर आपराधिक पृष्ठभूमि राख्ने तल्लो स्तरकाहरुलाई तामझामका साथ पार्टीमा प्रवेश गराइन्छ ?

सम्झँदा हिनताबोध हुन्छ, दोस्रो विश्वयुद्ध पछाडि एसियाकै नौवटा देशहरुले आर्थिक क्रान्ति गरिसक्दा कुशासनका कारण हामी अल्पविकसित र विपन्न राष्ट्रकै नागरिकको हैसियतमा छौं । मेरो पुस्ताले व्यग्ररुपमा मुलुकलाई समृद्ध राष्ट्र देख्न र भोग्न चाहेको छ । नेतृत्वको इच्छाशक्ति, इमान्दारिता, नैतिक आचरण, आत्मविश्वास र पूर्ण लगावले धेरै देशले एकै पुस्तामा आर्थिक विकासको उत्कर्ष छोएका दृष्टान्त जगजाहेरै छन् । सिंगापुरलाई लि क्वान युले आफ्नो शासनकालमा सुशासन, योग्यतामा आधारित प्रशासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता र व्यवहारिकता जस्ता सुन्दा पनि सामान्य लाग्ने यी चार कुराको सशक्त प्रयोगले झण्डै चालीस÷बयालीस वर्ष अगाडिको माझी गाउ“ आज विश्व स्तरीय देशका रुपमा उभ्याए । सपनाशील र प्रतिबद्ध नेतृत्वले चाहे हरेक कुरा सम्भव छन् । देशको समृद्धि र विकासको विषयमा महŒवकांक्षाको उडान नलिने कांग्रेसबाट मेरो पुस्ता पे्ररित हुनै सक्दैन । हिजोकै सामन्तवाद र हैकमवादको शैलीमा प्रधानमन्त्री, मन्त्री, पार्टी सभापति या विभिन्न आवरणमा ठाउ“ठाउ“मा गएर दिइने उत्तेजित भाषणले देश समृद्ध नहुने कुरा, देश नफेरिने कुरा मेरो सचेत पुस्ताले बुझिसकेको छ । नेतृत्वहरुको अनुहारमा नागरिकको अभाव र दुःखको जिन्दगीलाई सम्झिएर कहिल्यै ‘स्टे«स’ देखिएनन्, सम्वेदनाहीन र करुणाहीन नेतृत्व मेरो पुस्ताले कीमार्थ स्वीकार्न सक्दैन । अमेरिकाजस्तो सम्पन्न देशमा आज पनि त्यहाँका नेताहरु नागरिकहरुको गरिबी र त्यसले पार्ने नकारात्मक प्रभावहरुका विषयमा सबैभन्दा धेरै चिन्तित छन् । हालै आफ्नो बिदाइ भाषणमा राष्ट्रपति ओबामाले अहिले पनि अमेरिकाको ठूलो समस्या नागरिकहरुको गरिबी रहेको र त्यो नै अमेरिकाको ‘डेमोक्रेसी’को प्रमुख चुनौती रहेको पटक–पटक दोहो¥याएका थिए । विडम्बना, हाम्रो जस्तो गरिबीले चारैतिर जकडिएको देशमा नेतृत्वले यो विषयलाई कहिल्यै गहिरोगरी मनन गरेन, चरम गरिबी देशको राष्ट्रियता र लोकतन्त्रको चुनौती हुनसक्ने कुरामा व्याख्या र विवेचना गरेन ।

सम्वृद्धिको प्रस्थानविन्दु अहिलेका राजनीतिक पार्टी वा नेतृत्व परिस्कृत हुनु या नया“ राजनीतिक पार्टी वा नेतृत्व जन्मनु नै हो भन्ने निश्चित भैसकेपछि देशलाई नया“ युगस“ग जोड्ने र निर्माण गर्ने विषयमा आज कांग्रेसलाई आफ्नो काम गर्ने पुरानो सोच, ढर्रा र पुरानो संस्कृतिबाट आधुनिक सोच र आधुनिक संस्कृतिमा रुपान्तरण नभइबसिरहने सुविधा नै छैन । प्रश्न यति मात्र हो कि, मेरो पुस्ताको अपेक्षा र सम्भावनाको सार्थक परिणामको वाहक बन्न कांग्रेस नया“ ‘फम्र्याट’ मा रुपान्तरित हुन्छ कि हुँदैन ? सानेपाको पार्टी कार्यालयमा समाज र देशको विषयमा विज्ञ, पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा लगातार छलफल, बहस र चिन्तनजस्ता सिर्जनशील क्रियाकलापहरुको विकास हुन्छ कि हुँदैन ? नेतृत्व गुट–उपगुट र घात–प्रतिघातबाट फर्किएर सामूहिक स्वार्थ र कांग्रेसको शक्ति विकासमा लाग्ने कि नलाग्ने ? क्षमतावान जो कोहीले नया“–पुरानो नभनी पार्टीमा काम गर्ने अवसर प्राप्त गर्छन् कि गर्दैनन् ? त्यसैले महोदयहरु कांग्रेस इतिहासको ब्याजमा रमाएर नया“ युगको द्योतक बन्न सक्दैन । मैले माथि राखेका यिनै प्रतिनिधि प्रश्नहरुको उत्तरभित्र कांग्रेसको भविष्य र कांग्रेससँग मेरो बा“की मित्रताको विषय पनि लुकेको छ ।

 

प्रकाशित: १६ चैत्र २०७३ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App