५ वैशाख २०८१ बुधबार
राजनीति

काँग्रेस नेता शाहको हत्या विरोधमा जाजरकोट बन्द

काँग्रेस नेता शाहको हत्या भएको विरोधमा बन्द  खलंगाको ठाँटीबजार । तस्विर : जनक केसी

जाजरकोट – अज्ञात समूहद्वारा मंगलवार साँझ नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र सम्सेर शााहको  हत्या गरेको विरोधमा  बुधवार जाजरकोट बन्द भएको छ ।
 मंगलवार साँझ साढे ६ बजे  शाहलाई  ८/१० जना अज्ञात व्यक्तिहरूले  भेरी  नगरपालिका ३ थाप्लेचौर स्थित सातदुलाको सडकमा ढुंगाले हानेर हत्या गरेका थिए । स्थानीयले शाहका हत्यारालाई कडा कारवाहीको माग गर्दै स्वस्फुर्त रुपमा जिल्ला सदरमुकाम लगायतका स्थानमा सवै व्यापार, यातायात, उद्योग, कलकारखाना र शिक्षण संस्था समेत बन्द गराएका हुन् । 
स्थानीयले हत्याको विरोध र दोषीलाई कारवाहीको माग गर्दै  विरोध जुलुस समेतको तयारी गरेका छन् । नेपाली काँग्रेस लगायत विभिन्न संघ संस्थाहरूले विज्ञप्ती मार्फत घटनाको विरोध गरेका छन् भने दोषीलाई तत्काल न्यायको कठघरामा ल्याउन सरकारसँग माग गरेका छन् । स्थानीय प्रशासनलाई ज्ञापन पत्र दिदै  घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग  गरिएको  नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । उनले नागरिकको  जीवन सुरक्षाको विषयलाइ राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए ।  
शाहको हत्याले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्दै सरोकारवालाहरुले  जो सुकै भएपनि कारवाहीको भागिदार बनाउन सरकारसँग माग गरेका हुन् ।

प्रहरीले घटनाको शुक्ष्म ढंगले अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले  शाहको  हत्या हुने बेला साथमै रहेका तीन जना व्यक्तिहरू र अन्य ६ जनासँग घटना बारे सोधपुछ भइरहेको बताए । उनले घटनाका दोषीहरू छिट्टै कानुनको घेरामा आउने बताए । घटनाको कारण अझै खुल्न सकेको छैन  ।  
 

 

प्रकाशित: १६ चैत्र २०७३ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App