७ वैशाख २०८१ शुक्रबार
कला

छानिँदै मिस टिन ग्लोब

काठमाडौं- विभिन्न वर्ग र उमेर समूहका लागि सौन्दर्य र प्रतिभामूलक प्रतिस्पर्धा गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले 'मिस टिन ग्लोब २०१७' नामक प्रतियोगिता गर्ने भएको छ। स्टार वनले किशोरीहरुका लागि पहिलोपटक राजधानीमा प्रतियोगिता गर्न लागेको हो।

संस्थाकी अध्यक्ष पुजा निरौलाले किशोरीहरुको व्यक्तित्व र आत्मविश्वास वृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्। आगामी बैशाख २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने फिनालेमा जश्मिन ओझा, दिपिका खड्का, श्रुति महर्जन, अस्मिता दंगाल, वर्षा कोइराला, प्रसस्ना श्रेष्ठ, जेमिना घिसिङ, सजिता दाहाल, सुनिता थापा मगर, कञ्चन मगर, सुवर्णा सिंखडा, अनुजा कार्की र आयुष्मा महर्जनले शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै संरचना विश्वकर्मा, रुसाली अधिकारी, समिता तामाङ, अनिषा स्थापित, आस्था शाह, सञ्चली प्रधान, सलिना मर्हजन, शर्मिला तामाङ, स्वस्ती दंगाल, रेशिमा थापा, वन्दना बस्नेत, सिमा लामा, मिङ ह्याल्मो, पुजा आचार्य र पासाङ ल्यामु शेर्पा पनि फिनालेमा कडा प्रतिष्पर्धा गर्दैछन्।

फिनालेका लागि कोरियोग्राफर अश्विनी झा, संगीतकार सरोज प्याकुरेल, 'मिसेस नेपाल इन्टरनेशनल २०१६' अनुपमा राई, इभेन्ट आयोजक लब कार्की र निशु झाको निर्णायक मण्डलले प्रतियोगीहरु छनौट गरेको हो। जमुना तामाङको संयोजकत्वमा हुने प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गर्नेछन्।

प्रकाशित: १७ चैत्र २०७३ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App