८ वैशाख २०८१ शनिबार
प्रविधि

सामसुङले बजारमा ल्यायो २ नयाँ मोडलका स्मार्ट फोन

काठमाडौं– कोरियन कम्पनी सामसुङले नयाँ स्मार्टफोन एस ८ र एस ८ प्लस सार्वजनिक गरेको छ।
केही वर्षयता सामसुङले नयाँ प्रविधिसहतिका नयाँ मोडलका स्मार्ट फोनहरु बजारमा ल्याइरहेको छ । सन् २०१५ मा सामसुङले एस ६ बजारमा ल्याएको थियो ।

त्यसैगरी सन् २०१६ मा यसमा परिमार्जन गरी अझै बृहत प्रविधिको एस ७ र एस् एड्ज स्मार्टफोन ल्याएको थियो । जसलाई २०१६ कै एक उच्च प्रविधिको प्रयोग गरिएको एन्ड्रोइड फोनको रुपम लिइएको थियो । तर वर्षको अन्यमा आएर बजारमा सामसुङ एस ७ ले पाएको त्यो लोकप्रियताका कमी आएको थियो । सामसुङले नै ल्याएको ग्यालेक्सी नोट ७ स्मार्ट फोन र त्यसमा प्रयोग भएको ब्याट्री छिटो तात्ने गरेको समाचारहरु सार्वजनिक भएसँगै उक्त मोडको बिक्री घटेको थियो ।

त्यसपछि नयाँ मोडका रुपमा ल्याइएको एस ८ र एस ८ प्लस २०१७ भित्रै बजारमा लञ्च गर्ने सामसुङको तयारी छ ।

जसलाई २०१७ को नयाँ ब्रान्डको रुपमा बजारमा ल्याउने तयारी सामसुङ कम्पनीले गरेको छ । यस स्मार्टफोनमा अगाडीको ब्रान्डमा भएका सम्पूर्ण कमजोरीहरुलाई अझै परिष्कृत गरी धेरै आधुनिक बनाइएको छ ।

सामसुङले २०१६ मा ल्याएको एस ७ र एस एडजमा थप नयाँ प्रविधिको संयोजन गरी २०१७ मा सामसुङ एस ८ र एस ८ प्लसको बजारमा ल्याएको हो ।

सामसुङ फोनमा अन स्क्रिन नेभिगेसन बटमको प्रयोग भएको यो बजारमा आएको पहिलो स्मार्टफोनको हो। स्मार्टफोनमा एप्पलको आइफोनको जस्तै नेभिगेसन बटम राखिएको छ।

उक्त स्मार्टफोनको डिस्प्लेमा विभिन्न नयाँ एप्लिकेशनको प्रयोग गर्न सकिने छ। यी विभिन्न आधुनिक प्रविधिहरुको साथ साथै यसमा सिङगल क्यामारा सेन्सरको प्रयोग गर्न सकिने छ। यस फोनको क्यामारा नजिकै फिङ्गर प्रिन्टको प्रयोग गर्न सकिने छ।

भिन्नभिन्न कलरमा रातमा पनि यस फोनको प्रयोग गर्न सकिने क्पनीले जनाएकाे छ ।

प्रकाशित: १७ चैत्र २०७३ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App