८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस नेता शाहको अन्त्यष्टी, हत्याकाे सर्वत्र निन्दा

जाजरकोट–  मंगलबार साँझ विभत्स हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका  नेता  रविन्द्रसम्सेर शाहको  अन्त्यष्टी गरिएको छ। उनको शव यात्रामा हजारौं नागरिकको सहभागिता थियो। 

हत्या भएको  दुई दिनपछि बिहीबार  बिहान दाह संस्कारअघि गरिएको शव यात्रामा कांग्रेसका नेता कार्यकर्तासहित सयौं सर्वसाधारणहरुको सहभाथिता थियो ।

काँग्रेस कार्यालय  थाप्लेमा अन्तिम श्रद्धान्जलीपछि स्वर्गीय शाहको घरबाट सुरु भएको शव यात्रामा ठुलो संख्यामा  सर्वसाधारणको उपस्थिति थियो। सर्वसाधारण र विभिन्न दलका नेता कार्यकर्ताहरु गाडी र पैदल  हिँड्दै  कालेगाउँस्थित भेरी नदीको किनारसम्म पुगेका थिए। 

जिल्लामा पहिलो पटक शव यात्रामा त्यति ठुलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति भएको स्थानीय पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहले बताए । 

शवयात्रामा देखिएको सर्वसाधारणको ठूलो उपस्थिति घटनाको विरोधको संकेत भएको उनले बताए । जिल्लास्थित सवैपार्टीका नेता कार्यकर्ता र सामाजिक अभियान्ताहरुको पनि शवयात्रामा सहभागिता थियो ।
शव यात्रामा सहभागी दलका नेता र नागरिक अगुवाहरुले शाहको हत्यालाई  बर्वर  र कायरताको संज्ञा दिएका छन्। विचादेखि हारेकाहरु र अराजकताका पक्षधरहरले  घटना घटाएको भन्दै उनीहरुलाई कुनै पनि बहानामा छोड्न नहुने बताए ।  नेपाली काँग्रेस  जाजरकोटका कार्यवहाक सभापति सर्पराज रावतले  घटनाले नेपाली काँग्रेसलाइ मात्र नभई आम जाजरकोटवासीलाइ दुखित बनाएको वताए । 

 

प्रकाशित: १७ चैत्र २०७३ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App