coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

इजिप्ट उड्दै रोनाली

काठमाडौं- आगामी अप्रिल १ देखि १५ सम्म इजिप्टमा हुन लागेको 'मिस इको इन्टरनेशनल २०१७'मा नेपालको प्रतिनिधित्व गर्दै रोनाली अमात्य शुक्रबार बिहान त्यसतर्फ उड्ने भएकी छन्। 'मिस इको इन्टरनेशनल' ले पर्यटन र वातावरण विषयमा केन्द्रित उत्सव हो।

८० देशका इको सुन्दरीहरुको सहभागिता हुने प्रतियोगिताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन्। नेपालमा रहेको ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको 'मिस इको इन्टरनेशनल नेपाल २०१७'को अडिसनबाट रोनाली छानिएकी थिइन्।

नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन पहिरनसहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत प्रविन लाकौलले बताए।

काठमाडौं–११ की २१ वर्षीया रोनाली 'मिस इको इन्टरनेशनल नेपाल २०१७'की विजेता पनि हुन्।

 यसअघिको प्रतियोगिता अन्तर्गत सन् २०१५ मा प्रिन्शा श्रेष्ठ र सन् २०१६ मा नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए।

प्रकाशित: १८ चैत्र २०७३ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App