८ वैशाख २०८१ शनिबार
राजनीति

हत्याको विरोधमा जाजरकोट वन्द

तरुण दलकोबन्दले ठप्प वजार । तस्विर:जनक केसी

जाजरकोट – गत मंगलवार खलंगामा  अज्ञात समूहद्वारा विभत्स ढंगले  हत्या गरिएका  काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरूलाई  प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले शुक्रवार जाजरकोट वन्द  गरेको छ । 
 घटना भएको ४ दिन सम्म पनि हत्यारालाई प्रहरीले समाउन नसक्नु रहस्यमय भएको भन्दै  तरुण दलले एक दिन जिल्ला बन्दको आव्हान गरेको हो ।  तरुण दलको बन्दका कारण जिल्लाको सम्पूर्ण यातायात, व्यापार  र शिक्षण संस्थाहरूको पठन पाठन ठप्प भएको छ ।

'स्थानीय प्रशासनले हत्याको कारण र हत्यारा पत्ता लगाउन नसके हामी अाफैँ पत्ता लगाउँछाैँ' –तरूणादल अध्यक्ष


      चार दिनसम्म पनि  हत्यारा पत्ता लगाउन नसक्ने  स्थानीय प्रशासनको  नियत माथि नै आफूहरूको शंका रहेको  दलका नेताहरूको आरोप छ ।  प्रहरीले अनुसन्धान भइरहेको नाउँमा सित्तैमा दिन गुजार्ने काम गरेको तरुण दलका जिल्ला अध्यक्ष हरिचन्द्र बनेतले वताए । 
उनले स्थानीय प्रशासनले हत्याको कारण र हत्यारा पत्ता लगाउन नसके आफूहरुले  लगाइदिने  बताए । विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा दिन दहाडै काँग्रेस नेताको हत्या भएको यत्रो दिन सम्म पनि केही कुरा नभेटिनु निकै दुखद् र रहस्यमय भएको  उनले बताए ।  
हत्याको विरोध र हत्यारा छिटो समाउन स्थानीय प्रशासनलाई  दबाब दिन  तरुण दलले  विरोध जुलुस समेत गरेको छ । त्यस्तै गैरसरकारी संस्था महासंघ नेपालको अगुवाइमा सदमुकाममा विभिन्न संघसस्थाहरुले पनि विरोध सभा तथा र्यालीको तयारी गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले घटनाको कारण र हत्याराहरू पहिचानका लागि आफूहरुले निकै शुक्ष्म रुपमा काम गरिरहेको र अहिले सम्म केही पत्ता नलागेको बताए । 
 

 

प्रकाशित: १८ चैत्र २०७३ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App