धुर्मुुस सुन्तली फाउण्डेशनलाई २ करोड सहयोग

सोमबार, २१ चैत २०७३, १३ : ०९ नागरिक


काठमाडौँ – महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले बस्ती निमाणार्थ २ करोड १० लाख रुपैयाँ सहयोग प्राप्त गरेको छ । 
बस्ती हस्तान्तरण गर्न १० दिन बाँकी रहँदा अमेरिकाको मिनेसोटामा रहेका नेपालीहरूको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले उक्त रकम सहयोग गरेको हो । 
सहयोग रकम हस्तान्तरणका लागि नेपाल आएका एसोसिएसनका बोर्ड मेम्बर अनिल रायमाझी र स्विटी सिंहले बस्ती निर्माणस्थल मै पुगेर उक्त रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण पछि पत्रकारहरूसँग कुराकानी गर्दै एसोसिएसनका बोर्ड मेम्बर रायमाझीले भने, ‘ धुर्मुस सुन्तलीको कामबाट हामी प्रभावित भएर सहयोग गरेका हौँ । उहाँहरू जस्तो मान्छेलाई सहयोग दिन पाउँदा हामी निकै खुसी छौँ ।’
सहयोग प्राप्त गरिसकेपछि बोल्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘अब ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौँ, सहयोगका लागि मिनेसोटा बासी सहयोगीहरूलाई हृदयदेखी नै धन्यवाद दिन चाहन्छौँ, परियोजनाको १० दिन बाँकी  रहँदा यति ठूलो सहयोग रकम आयो, जुन हामीले कल्पना समेत गरेका  थिएनौँ, सत्कर्म गर्दै अगाडि बढ्दा सहयोग जुट्ने रहेछ । ’

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक...

बोलचालमा प्रतिबन्ध

बोलचालमा प्रतिबन्ध

बलिउड अभिनेत्री परिणीति चोपडा र अर्जुन कपुर चाँडै नै फिल्म ‘सन्दीप और पिंकी फरार’मा देखिँदैछन् । अघिल्लो फिल्म ‘इशकजादे’मा पनि...

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

ध्वनिको महत्वलाई समेटिएको शर्ट फिल्म ‘डेथ अफ साउण्ड म्यान’ले यस वर्षको एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभल अवार्ड जितेको छ। थाईल्याण्डका...