coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आँचलबिना पलको मन मान्दैन

काठमाडौं–  आगामी नयाँ सालको जेठ १९ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘जोनी जेन्टलमेन’को पहिलो गीत ‘तिमीबिना मान्दैन यो मन’ सार्वजनिक भएको छ । फिल्ममा दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका नितिन चन्दको डेब्यु निर्देशन छ ।

सार्वजनिक गीतमा पल शाह र नायिका आँचल शर्माले अभिनय गरेका छन् । भारतका विभिन्न स्थानमा छायांकन गरिएको यो गीत म्युजिक भिडियो शैलीको छ । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द र संगीत छ ।
राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक चन्दले म्युजिक भिडियोभन्दा फिल्म बनाउन निकै चुनौतीपूर्ण रहेको खुलाए । ‘फिल्म बनाउनमा पहिलादेखि नै मेरो रुचि थियो, त्यसकारण पनि फिल्म निर्देशनमा आएँ,’चन्दले भने, ‘फिल्मका लागि एक्सनकट गर्नु गाह्रो थियो, तर अनुभव रोमाञ्चक रह्योे ।’ उनले फिल्म व्यवसायिक हिसाबले निर्माण गरिएकाले पनि दर्शकले मन पराउने दाबी गरे ।

नायक पलले फिल्ममा आँचल र आफ्नो जोडी हिट हुन्छ वा हुन्न भन्ने विषय दर्शकमा भर पर्ने बताउँदै दर्शकले फिल्म रुचाउने हिसाबले नै आफूहरुले काम गरेको जनाए । नायिका शर्माले फिल्ममा मिहिनेत गरेअनुसारको प्रतिफल पाइने विश्वास व्यक्त गरिन् ।

निर्माता एन्ड्रिउ पौडेलले फिल्म बनाउँदाको बजेट एक करोडभन्दा बढी भए पनि फिल्मले लगानी उठाउनेमा ढुक्क भएको बताए । अजय मल्ल ठकुरी कार्यकारी निर्माता र सञ्जु शाह सहनिर्माता रहेको फिल्ममा हर्कुलससँगै ब्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत, केशव थापा र सरिता राजचलको नृत्य, पारसविक्रम शाहको द्वन्द्व, महेश दवाडीको पटकथा तथा संवाद, नविन निरौलाको सम्पादन र रुपेश थापाको छायांकन छ ।
 

प्रकाशित: २३ चैत्र २०७३ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App