६ वैशाख २०८१ बिहीबार
कला

दशकपछि आयो निर्णयको एल्बम

काठमाडौं- र्‍यापमा राष्ट्रिय भावना पस्किँदै आएका निर्णय श्रेष्ठले ११ वर्षपछि नयाँ एल्बम लिएर आएका छन्। छैटौं एल्बमको रुपमा सार्वजनिक भएको एल्बमको नाम उनले 'एक नेपाल, एनएसके स्टाइल' जुराएका छन्। कर्मा लाउन्जमा गत आइतबार उनले एल्बम औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।

निर्णयका सामाजिक कार्यमा व्यस्तताले गर्दा नयाँ एल्बममा ढिलाइ भएको हो। निर्णयले एल्बमका गीतहरु क्यासेट चक्कामा नभई पेन ड्राइभमा उपलब्ध हुने जानकारी दिए।

१६ जिबीको पेनड्राइभमा उपलब्ध हुने एल्बममा श्रोताले नयाँ गीतसँगै पहिलेका एल्बमका गीत र भिडियो पनि प्राप्त गर्नेछन्। जसमा निर्णयको बाहिर आउन नसकेको एल्बम 'मेची महाकाली' का गीत र भिडियो पनि समेटिएका छन्। पेनड्राइभको बजार मूल्य एक हजार राखिएको छ। उनले एल्बमका गीतमा स्मिता दाहाल, सुवानी मोक्तान, आस्था बी, अक्षता र प्राश्ना शाक्य आदिसँग  युगल गायन गरेका छन्।

प्रकाशित: २४ चैत्र २०७३ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App