coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘सासपछिको जीवन पनि बाँच्न चाहन्छु’

काठमाडौं- बुधबार उनी ७५औं वर्षमा टेके। चैत २३ गते उनको जन्मदिन। उनलाई थाहा छ– मानिसको जीवन मरणशील छ। तर, उनी सधैं बाँच्न चाहन्छन्। भौतिक शरीर नरहे पनि उनी अरुको मनमा अमिट हुन चाहन्छन्। यस्तो चाहना राख्ने व्यक्ति हुन् कर्ण शाक्य, सकारात्मका सोचका धनी, पर्यटन व्यवसायी। युवाको प्रेरणाका स्रोत। सोच, खोज, मोजजस्ता चर्चित किताबका लेखक। शाक्यको परिचय अझै लम्बिन्छ तर उनी सकारात्मक सोचको व्यक्ति भनेरै चिनिन चाहन्छन्। र, सधैंसधैं बाँच्न चाहन्छन् यही परिचयबाट।

जन्मोत्सवको अवसरमा आफ्नै संरक्षकत्वमा ‘कर्ण सकारात्मक कोष’ उद्घाटन गरे उनले। उनीसँगै दिदी नानीमैयाँ थिइन्। शाक्य र दिदीसँगै थिए पाँच युवा, जसले कर्णकै प्रेरणाले उद्यम थालेका थिए। सोच किताबबाट प्रेरेरित भएर उद्यम गरेका। सुधा बस्नेत जो शाक्यकै 'सोच' किताब पढेपछि खेर गएको कागजबाट सिसाकलम बनाउने काम गरिरहेकी। अन्तिम गुरुङ पर्वत, बाग्लुङ र पाल्पामा सोच समूहमार्फत सकारात्मक चिन्तन विकासमा लागेका। गुराँस गिरी बेलायतबाट फर्केर मोटिभेसन स्पिकर बनेकी। त्यस्तै कृष्णजंग केसी अमेरिकाको पिआर त्यागेर एग्रो फार्म खोलेका। अनि, दिनेश श्रेष्ठ अमेरिकाकै पिआर त्यागेर नेपालमा उद्यमी बनेका।

यी सबैको सफलताको कथा शाक्यसँग जोडिएको छ। ती सबैले भने, ‘कर्ण शाक्यको सोच किताब नपढेको भए अहिले हामी उद्यमशील हुने थिएनौं।’ त्यसैले त शाक्य उनीहरुको मनमा बस्न सके। शाक्यको सपना पनि यही हो। ‘भौतिक आयुपछि बाँच्ने मेरो चाहना हो,’ शाक्यले भने, ‘केही होइन, धेरैको मनमा अट्न चाहन्छु। त्यसैका लागि जीवितै हुँदा आजैबाट कर्ण सकारात्मक कोष सञ्चालनमा ल्याएको हँु।’ कोषको उद्घाट्न उनले तिनै पाँच युवाबाट गराए। उनले नागरिक अभियान, कर्ण सकारात्मक सोच र सोच समूह नामक तीनवटा पुस्तिका विमोचन पनि गरे।

‘कोषले न कसैबाट पैसा लिन्छ, न कसैलाई पैसा दिन्छ,’ शाक्यले भने, ‘म रहुन्जेल र मेरो मृत्युपश्चात् पनि सकारात्मक विचार फैलाउने काममा क्रियाशील रहन्छ। यसका लागि मेरो किताबबाट आएको र आउने पैसाबाट खर्च व्यवस्थापन हुनेछ।’

‘२० जना युवा भेला हुन्छन्। गर्न सकिँदैन, हुँदैन भन्ने शब्दै उनीहरुसँग हुँदैन,’ उनले भने, ‘कोषमार्फत यस्तै युवाको भेला गरी सकारात्मक सोच समूह गठन गरेर सकरात्मक विपचार फैलाउनेछ।’ कोषले वार्षिक रुपमा निरन्तर सकारात्मक भएर उद्यमशीलतामा लागिरहेका एक ‘अनसिन हिरो’ को प्रोफाइल तयार गर्ने, विश्वविद्यालयलसँग समन्वय गरेर वार्षिक रुपमा दुई विद्यार्थीलाई एउटा गाउँको सम्भाव्यता अध्ययन गरेर थेसिस गर्न लगाउने र कोषले प्रकाशन गर्ने लगायतको योजना तय गरेको छ। शाक्यले अबको बाँकी जीवन कोषकै कार्यका लागि खट्ने बताए।

प्रकाशित: २४ चैत्र २०७३ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App