७ वैशाख २०८१ शुक्रबार
कला

छुल्ठिमको 'डायरी' ट्रेलर आयो

काठमाडौं- फिल्म 'नोभेम्बर रेन'मा 'डल्ली'को भूमिका निर्वाह गरेर चर्चामा आएकी नायिका छुल्ठिम गुरुङले डेब्यु निर्माण गरेको फिल्म 'डायरी'को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा प्रेमसँगै एक्सनलाई पनि प्रस्तुत गरिएको छ। निर्मात्री तथा फिल्मकी नायिका छुल्ठिमले फिल्म 'नोभेम्बर रेन'मा दर्शकले आफूलाई गरेको माया आफूले पहिलोपटक निर्माण गरेको फिल्म 'डायरी'बाट फर्काउन चाहेको बताइन्।

पहिलोपटक फिल्म निर्देशन गरेका अनिल योञ्जनले आफ्नो प्रयासलाई दर्शकले मन पराउने दाबी गरे। उनले यसअघि फिल्म 'आवरण' निर्माण गरेका थिए। नवनायक सन्नी सिंहले पनि फिल्ममा आफ्नो भूमिकाको बारेमा बताएका थिए।

जेठ ५ गतेबाट रिलिज हुने फिल्ममा रेखा थापा, राजकुमार उप्रेती, दिनेश डिसी, राजु लामा, कुशल विष्ट, उमेश पाण्डेलगायतका कलाकारको पनि अभिनय रहेको छ। छेतन गुरुङको लेखन, स्वप्नील शर्मा, इमान विक्रम शाह र मानस राजको संगीत, गम्भीर विष्ट, मंगोलियन नाम्जा(प्रविन तामाङ) र कविराज गहतराजको नृत्य, राजकुमार उप्रेतीको द्वन्द्व, राजेश शाहको सम्पादन र शिवराम श्रेष्ठको छायांकन छ।

प्रकाशित: २५ चैत्र २०७३ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App