coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'पञ्चायत' को फस्टलुक वैशाखमै

काठमाडौं- रामनवमीको अवसर पारेर फिल्म 'पञ्चायत'को बुधबार फस्टलुक सार्वजनिक भएको छ। आगामी २०७४ फागुन १८ गतेदेखि अल नेपाल रिलिजको तयारी गरिएको यस फिल्मको प्रिमियर  आगामी मे महिनाको अन्तिममा अमेरिकामा गरिने निर्माण पक्षले जनाएको छ।

५० वर्ष पुरानो कथा भएको भनिएको फिल्ममा शिवम अधिकारीको लेखन र निर्देशन छ। फिल्ममा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ।

ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने फिल्ममा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ। चितवनका सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा  टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ। नयाँ वर्षको अवसर पार्दै आगामी वैशाख १ गते फिल्मको टिजर रिलिज गरिने निर्देशक अधिकारीले बताए।

फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने तयारीसँगै स्वदेशमा पनि विभिन्न संघसस्थाको सहयोगार्थ च्यारिटीशो गरिने छ।

प्रकाशित: २५ चैत्र २०७३ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App