शंकास्पद नम्बरको कल नउठाउन टेलिकमको आग्रह

शुक्रबार, २५ चैत २०७३, १२ : ४८ नागरिक

काठमाडौं—नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ। टेलिकम नेटवर्कको जिएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट शंकास्पद कल आएपछि ग्राहक शशंकित भइरहेका छन्।

टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ।

टेलिकमले ‌+२१६९८.., + ६७४५..+२१२.... लगायतका विभिन्न अन्तर्राष्ट्रिय फोन नं.बाट गलत नियतले मिस्ड कल गर्नेहरुलाई सम्बन्धित क्यारियरमार्फत त्यस्ता कलहरु ब्लक गर्न लगाएको जनाएको छ।

बुधबार रातिदेखि टेलिकमको जिएसएम नेटवर्कको प्रिपेड तथा पोष्टपेड मोबाइलमा शंकास्पद कलहरु आएका थिए। कलब्याक गर्दा आफ्नो मोबाइलको ब्यालेन्स गुमेको गुनासो ग्राहकले गरेपछि टेलिकमले त्यसलाई रोक्न नम्बर ब्लक गर्न लगाएको हो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

'पशुपति' पछि 'धनपति'

'पशुपति' पछि 'धनपति'

अघिल्लो फिल्ममा फिल्म 'पशुपति' बनेर दर्शक रिझाएका खगेन्द्र लामिछाने लगभग उही टिमका साथ 'धनपति' बनेर आएका छन्। 'पशुपतिप्रसाद' बाट सहकार्य...

किताब यात्रामा  'हरिबहादुर'

किताब यात्रामा  'हरिबहादुर'

हास्य कलाकार हरिवंश आचार्य पुस्तक यात्रामा निस्किएका छन्। आचार्य गत साता सार्वजनिक उपन्यास 'हरिबहादुर' लाई आम मानिससम्म पुर्‍याउने उद्देश्यले यात्रामा...

तेरियाका गुरु

तेरियाका गुरु

तीन वर्ष अघि रुपन्देही रुद्रपुरकी १२ वर्षीया तेरिया फौजामगर भारतको मुम्बईमा धेरै प्रतिस्पर्धीलाई उछिन्दै डिआइडी लिटिल मास्टरको उपाधि जित्न सफल...

सम्पदा संरक्षणमा सकस

सम्पदा संरक्षणमा सकस

ललितपुर पाटन क्षेत्रलाई पुरानो र ऐतिहासिक सहर मानिन्छ । नेपाल भाषामा ‘यलः’ भनिने यो स्थान बरदेवले स्थापना गरेको इतिहासविद् बताउँछन्...