८ वैशाख २०८१ शनिबार
कला

‘घामपानी’को तामाङ सेलो गीत रिलिज

काठमाडौं-  चलचित्र ‘घामपानी’को तामाङ सेलो गीत बिहीबार रिलिज गरिएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आपालाई मेरो’ बोलको गीतमा चन्द्रकुमार दोङको संगीत र फुलकुमार बम्जनको शब्द सुन्न पाइन्छ। गीतलाई सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले गाएका हुन्।

गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउँमा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ । दयाले केकीलाई तामाङ संस्कृति अनुसार घर भित्र्याएको सन्दर्भ गीतले खुलाउँछ । घामपानीको निर्देशन पत्रकार दीपेन्द्र लामाले गरेका हुन्।

‘घामपानी’ फिल्ममा तामाङ सेलो गीत पस्किन पाउँदा खुसी लागेको र गीतमा दुई संस्कृतिको फ्युजनका रुपमा डम्फु र सहनाई बाजाको मिश्रण सुन्न पाइने निर्देशक लामाले बताए। संगीतकार दोङका अनुसार नेपाली भाषाको फिल्मका लागि सेलो कम्पोज गर्न पाउँदा खुसी लागेको बताए। फिल्मका लागि अरु सेलोभन्दा बढी मिहेनत गरिएको उनको दावी छ।

वैशाख १ गते रिलिज हुने ‘घामपानी’मा तामाङ युवक र बाहुन युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ । फिल्मको माग अनुसार नै तामाङ सेलो समेटिएको निर्देशक लामाको भनाई छ। गीतले फिल्मको प्रमोसनमा फाइदा पुग्ने पनि उनको आशा छ।

प्रकाशित: २५ चैत्र २०७३ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App