coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

मिस टिनका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं- आगामी वैशाख २ गते राजधानीमा स्टार वन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता 'मिस टिन ग्लोब २०१७' का प्रतियोगीले राजधानीमा 'ट्यालेन्ट राउन्ड' अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

प्रतियोगीहरुले सांस्कृतिक र कलात्मक नृत्य, आधुनिक नृत्य, कुकिङ, अभिनय र वक्तृत्वकलालगायतका कला प्रस्तुत गर्दै आफ्ना प्रतिभा देखाएका थिए। कार्यक्रममा अधिकांश प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगिताको शीर्ष उपाधि जित्न राजधानीका विभिन्न कलेजमा अध्ययनरत जश्मिन ओझा, दिपिका खड्का, श्रुति महर्जन, अस्मिता दंगाल, वर्षा कोइराला, प्रसस्ना श्रेष्ठ, जेमिना घिसिङ, सञ्जिता दाहाल, सुनिता थापा मगर, कञ्चन मगर, सुवर्णा सिंखडा, अनुजा कार्की र आयुष्मा महर्जनले प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तै, संरचना विश्वकर्मा, रुसाली अधिकारी, समिता तामाङ, अनिषा स्थापित, आस्था शाह, सञ्चली प्रधान, सलिना मर्हजन, शर्मिला तामाङ, स्वस्ती दंगाल, कृष्टिना सापकोटा, रेशिमा थापा, वन्दना बस्नेत, सिमा लामा, मिङ ह्याल्मो, पुजा आचार्य र पासाङ ल्यामु शेर्पा पनि अन्तिम स्पर्धाको तयारीमा छन्। प्रतियोगिताको कोरियोग्राफी  अश्विनी झाले गरिरहेका छन्।

बालकृष्ण पोखरेलको इभेन्ट मेनेजमेन्ट, पूजा निरौलाको इभेन्ट निर्देशन र दिपेन्द्र कार्कीको इभेन्ट संयोजनमा हुन लागेको प्रतियोगिताअर्न्तगत ट्यालेण्ट शोमा हास्य कलाकार गोपाल ढकाल 'छन्दे', 'डा. सिके सिंह' र 'मिसेस नेपाल इन्टरनेशनल २०१६' की फष्ट रनर्स अप बिना खतिवडा निर्णायक रहेका थिए।

प्रकाशित: २७ चैत्र २०७३ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App