६ वैशाख २०८१ बिहीबार
प्रवास

मानव तस्करको धम्कीलाई गम्भीरतापूर्वक लिन पत्रकार महासंघलाई आग्रह

छलफलका सहभागीहरु

युएई - प्रवासको नेपाली पत्रकारितालाई प्रभावकारी बनाउन युएईमा अन्तर्किया सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस तथा नयाँ वर्ष २०७४ सालको अवसरमा नेपाल पत्रकार महासंघ युएई शाखाले शुक्रबार दुबईमा शुभकामना आदान प्रधान तथा अन्तर्किया कार्यक्रम गरेको हो।

अलपत्र नेपालीले युएईका पार्कहरुमा रात बिताएका विषय पत्रकारहरुले उठान गर्दा नेपाली दलालहरुबाटै धम्की आउने गरेको विषयलाई महासंघले गम्भीरतापूर्वक लिनुपर्ने उपस्थित पत्रकारहरुको भनाइ थियो।

महासंघले युएईमा रहेर काम सँगसँगै कलम चलाउदै आएका सबै पत्रकारहरुलाई युएईको कानुन र पत्रकारीतासम्बन्धी जानकारी गराएको थियो।

नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले युएईमा बसेर पत्रकारिता गर्न नेपालमा जस्तो सहज नभएकाले यहाँको कानुनलाई बुझेर मात्र कलम चलाउनु पर्नेमा जोड दिए। विगतमा पत्रकारहरुले भोग्नु परेको समस्यालाई उद्धृत गर्दै उनले सजग भएर सत्य र तत्थ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ युएई शाखाका संरक्षक त्रिलोचन कोइरालाले नेपालीहरुको दुःख, सुख र सफलताको विषयमा कलम चलाउदै आएको उल्लेख गर्दै कुनै पनि विषयलाई समाचारको रुपमा उठान गर्दा त्यसको गहिराईसम्म पुग्न आग्रह गरे।

युएई झन्डै २ लाख ५० हजार नेपाली छन्। पछिल्लो समय मानव तस्करले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका घटना वृद्धि भइरहेका छन्। अलपत्र नेपालीले युएईका पार्कहरुमा रात बिताएका विषय पत्रकारहरुले उठान गर्दा नेपाली दलालहरुबाटै धम्की आउने गरेको विषयलाई महासंघले गम्भीरतापूर्वक लिनुपर्ने उपस्थित पत्रकारहरुको भनाइ थियो।

कार्यक्रममा पत्रकारको सुरक्षा र हकहित विषयमा समेत जानकारी गराइएको थियो। युएईमा कुनै पनि मुलुकका नागरिकलाई पत्रकारीता गर्न सहजत छैन। विभन्न कामका लागि युएईमा रहेका नेपालीहरुले पत्रकारितालाई समेत जीवित राख्दै नेपाली समुदायका समस्या उजागर गर्दै आइरहेका छन्। 

प्रकाशित: २७ चैत्र २०७३ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App