coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेयर र अध्यक्षमा महिलाको कम, युवाको चर्चा बढी

पाल्पा –स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका विभिन्न गाउँमा स्थानीय नेताकार्यकर्ताको भिड लाग्न थालेको  छ । चुनाव नजिकिएसँगै युवाहरूलाई विभिन्न पार्टीमा प्रवेश गराउने  होड नै चल्न थालेको छ । 

 आउँदो वैशाख ३१ मा हुने स्थानीय तह चुनावका लागि तयारी तीव्र हुँदा महिला उम्मेदवारको चर्चा कम र युवाको चर्चा बढी हुन थालेको छ । जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालिकामा मेयरका लागि महिला उम्मेदवारको चर्चा कुनै पार्टीमा भएको देखिँदैन । 

जिल्लाको दुवै नगरपालिकामा मेयरका लागि महिला उम्मेदवारहरू कम देखिएका छन् भने युवाको बाहुल्यता बढी देखिन्छ । 

तानसेनमा नेपाली कांग्रेसका चकोरमान शाक्य, अजयमान कर्माचार्य, सन्तोषलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजेन्द्र गोपाल सिंह, हिमालदत्त श्रेष्ठ, मधुदयाल सैंजु, राजु महर्जन मेयरका सम्भावित उम्मेदवार हुन् । नेकपा एमालेबाट अशोककुमार शाही, एकप्रसाद भण्डारी, डा. पुरन बज्राचार्य र रामप्रसाद पोखरेल चर्चामा रहँदा नेकपा माओवादी केन्द्रका नेत्रप्रसाद पाण्डेय, केशव पौडेल र प्रेमसागर शाही चर्चामा छन् । राप्रपाका भीमसेन कार्की, रेवन्त बहादुर बिष्ट र धु्रव खाती राष्ट्रिय जनमुक्ति पार्टीबाट खुमबहादुर सिंजाली, होमबहादुर थापाको नाम सम्भावित उम्मेदवारका सार्वजनिक भएको छ । नेपाली कांग्रेसबाट लालु राना, राप्रपाकी चमेलीदेवी श्रेष्ठ र जनमुक्तिकी बिष्णुमाया थापा सम्भावित महिलाका रुपमा नाम अगाडि सारिएको छ । 

रामपुर नगरपालिकामा नेपाली कांग्रेसका रमण थापा, देवराज ढकाल, ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई, कृष्णप्रसाद अधिकारी र कल्प पौडेल । नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ, युवराज खनाल, लेखनाथ पोखरेल, टंक खनाल, बुद्धिराज गौतम, राजेन्द्र लम्साल र बासुदेव देवकोटा सम्भावित उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्रका कमल भट्टराई, जितबहादुर थापा (हिरा) तारानाथ ढकाल, गीता सुनार र जनक ढकाल तथा राप्रपाकी शोभा केसी र ज्ञानबहादुर सिंजालीको नाम अनौपचारिक रुपमा बाहिर आएको छ । रामपुर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका युवा नेताहरुबीचमा प्रतिस्पर्धा हुन सक्ने नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सन्तोष थापाले बताए । उनी भन्छन्, जिल्लाको दुवै नगरपालिकामा मेयरका लागि महिला उम्मेदवारहरू कम देखिएका छन् भने युवाको बाहुल्यता बढी देखिन्छ । 

कांग्रेस, एमाले, माओवादी केन्द्रका नेता, कार्यकर्ता, सामाजिक अभियान्ता, संचारकर्मी लगायतले चुनावमा उठ्ने बताएका छन् । सामाजिक सञ्जालमा भोट माग्दै उनीहरूले घरदैलो अभियान समेत गरिरहेका छन् । पार्टीमा नयाँ सदस्य प्रवेश गराएकोे कुरालाई सामाजिक सञ्जालहरू मार्फत् प्रचार गरिएको छ । गाउँमा भेला, गोष्ठी, छलफल, कार्यकर्ता प्रवेशका कार्यक्रम भइरहेका छन् । चुनावको मिति नजिकिएसँगै उम्मेद्वारी दावी गर्ने पनि बढ्दै गएका छन् ।

कांग्रेसले जिल्ला सभापतिको संयोकत्वमा चुनाव परिचालन समिति गठन गर्दै गाउँपालिका र नगरपालिकाको केन्द्रमा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको जनाएको छ । एमालेले अध्यक्ष नारायणप्रसाद आचार्यको संयोजकत्वमा स्थानीय तह चुनाव परिचालन कमिटी गठन गरि सबै स्थानीय तहमा संयोजक र सहसंयोजक तोेकेको अध्यक्ष नारायणप्रसाद आचार्यले बताए । माओवादी केन्द्रका संयोजक गिरबहादुर थापाले केही समयमै उम्मेदवारहरुको नामावली सर्वसम्मत रुपमा बाहिर ल्याउन गृहकार्य भैरहेको बताए । राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, जनमोर्चा लगायत अन्य पार्टीले पनि उम्मेद्वारबारे छलफल भइरहेको बताएका छन् । 

आठ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा दुई नगरपालिकामा साना दलको पनि उम्मेदवार चर्चामा छन् । अधिकांश गाउँपालिकामा साना दलहरुका उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ।

कसको चर्चा कहाँ ? 

१. निस्दी गाउँपालिका

कांग्रेसका पूर्णबहादुर खाँड र खामबहादुर सोमै चर्चामा छन् । एमालेका देवीलाल लामिछाने, दमनसिं पाटा, दलबहादुर जर्घा र न्यौबहादुर सुनारी । माओवादी केन्द्रका बलु गैरे, नवलकुमार बयम्वु र भुपिन सुनारी । यो गाउँपालिकामा महिला उम्मेदवार अध्यक्षमा चर्चामा नहुँदा अधिकांश युवाको चर्चा सुरु भएको छ ।

२. पूर्वखोला गाउँपालिका

कांग्रेसका झमन राजमगर, अनिरुद्र खनाल र किशोर पंगेनी । एमालेतर्फ नुनबहादुर थापा, राजेन्द्रलक्ष्मी गैरे, इश्वरी न्यौपाने, रिमप्रसाद श्रेष्ठ र जीवन आचार्य । माओवादी केन्द्रका प्रेम गैरे, शिव भट्टराई, धनबहादुर दर्लामी र भीमबहादुर सारुको नाम अगाडी आएको छ । एमालेकी राजेन्द्रलक्ष्मी गैरे बाहेक यो गाउँपालिकामा महिला उम्मेदवार देखिएका छैनन् । 

३. रम्भा गाउँपालिका

कांग्रेसका विश्व अर्याल, बिष्णु बमरेल, भरत रसाइली र योगेश भण्डारी । एमालेका बिष्णु भण्डारी, कालीदास श्रेष्ठ र उर्मिला शर्मा । माओवादी केन्द्रबाट अर्जुनकुमार श्रेष्ठ, सुबी विक, दिनेश अर्याल र कल्पना केसीको चर्चा छ । 

४. माथागढी गाउँपालिका

कांग्रेसका सन्तोष थापा, रामेश्वर पन्थी र रनबहादुर खाम्चा । एमालेबाट बिमलप्रसाद काफ्ले,  अर्जुन रेग्मी र यमबहादुर चिदी । माओवादी केन्द्रका हरि चौहान, नवल श्रेष्ठ, तिलकुमारी पोखरेल र राप्रपाका पदम राना, छकलाल चौहान, र बेदकुमारी गाहा सम्भावित उम्मेद्वार हुन् । 

५. बगनासकाली गाउँपालिका

कांग्रेसबाट कृष्णप्रसाद बस्याल, थानेश्वर तिमिल्सेना र सुनिता अधिकारी । एमालेका देवीप्रसाद बस्याल, मोहन थापा, कमल पाण्डेय, हरि पाठक र भगवान भण्डारी । माओवादी केन्द्रका मथुरा ढकाल, कृष्ण भुसाल र शान्ता न्यौपाने तथा राप्रपाका बिष्णु पाण्डे, कपिल ढुंगाना र लक्ष्मण सिंह राना चर्चामा छन् ।

६. तिनाउ गाउँपालिका

कांग्रेसका जुद्धबहादुर थापा, महेन्द्र पाण्डेय र लालबहादुर थापा । एमालेका ओमबहादुर घर्ती मगर, लक्ष्मण थापा र दलबहादुर गुरुङ । माओवादी केन्द्रका चोपलाल गिरी, राजेश श्रेष्ठ, चक्रबहादुर थापा, र जानुका घर्ती चर्चामा रहँदा अन्य साना दलको गतिविधि भने यस गाउँपालिकामा कमै देखिन्छ । 

७ रिब्दीकोट गाउँपालिका

कांग्रेसका गोविन्द पोखरेल, हिराधर आचार्य, गोविन्द आचार्य, खड्गबहादुर कुंवर र कान्ता अधिकारी । एमालेका नारायणबहादुर जिसी, दुर्गा खनाल, रामजी भट्टराई, चिरञ्जीवि पोखरेल, तुलबहादुर अधिकारी, र गीता पाण्डे । माओवादी केन्द्रका नविन वली, मिरा राना, मेघराज आचार्य र आशिष दुधराज । राप्रपाका भोजेन्द्रबहादुर कुँवर, नारायण बहादुर कुवर र खिमानन्द पाखरेलको नाम अगाडि आएको छ ।

८. रैनादेवी छहरा गाउँपालिका

 नेपाली कांग्रेसका रामबहादुर कार्की, रुक्मागत भट्टराई, बिष्णु पोखरेल र नलबहादुर थापा । एमालेका रामबहादुर राउत, रामजी पोखरेल, झलक रायमाझी, लालबहादुर दर्लामी लगायतको नाम चर्चामा छ । माओवादी केन्द्रका फर्सबहादुर थापा, तुलाराम गरम्जा, चन्द्रप्रकाश परियार, खेममाया सुनारीको नाम अगाडि सारिएको छ । 


    

प्रकाशित: २८ चैत्र २०७३ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App