coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सलमानले भने: मेरो बायोग्राफी आउँदैन

बलिउड अभिनेता सलमान खानले आफ्नो बायोग्राफी नआउने बताएका छन्। खानले आशा पोरखको 'द हिट गर्ल' कार्यक्रममा सहभागीता जनाउँदै यस्तो बताएका हुन्।

उनले मिडिया मार्फत् दिएको यस अभिव्यक्तिले फ्यानहरुलाई निराश बनाएको छ। उनको यस अभिव्यक्तिले उनका फ्यानहरुलाई उनका बारेका जान्ने अवसर नपाएकाले नरमाइलो लाग्न सक्नेछ। उनले  आफ्नो  बायोग्राफी आउने सम्भावना अत्यन्त न्युन भएको बताएका छन्। 

कार्यक्रममा सहभागी पत्रकारहरुले उनलाई तपाईको बायोग्राफी कहिले आउँछ भनी राखेको कौतुहलतामा उनले बायोग्राफी एक साहसिक कार्य भएकोले यो कार्य आफुबाट नहुने बताएका थिए।

लभ इन टोकियो, जब प्यास किसिसे होती हे , मेरा गाँउ मेरा देश  लगायतका फिल्ममा अभिनय गरेकी आशा पोरख यीनै फिल्म मार्फत् हिट भएकी थिईन्।

 

प्रकाशित: २९ चैत्र २०७३ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App