coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

सरकारको लगानी भित्र्याउने समितिमा श्रेष्ठ

व्यवसायी मोहन श्रेष्ठ। फाइल तस्विर

काठमाडौं—नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ मनोनित भएका छन्।

जापानमा रेष्टुराँ, मनी ट्रान्सफर व्यवसायमा संलग्न श्रेष्ठ गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक, गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार समेत छन्।

मार्च २ र ३ तारिक काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको निर्णय बमोजिम सो समिति गठन हुँदा उनलाई मनोनित गरिएको हो। उनी गैरआवासीय नेपाली संघतर्फबाट समितिमा परेका हुन्।

विभिन्न मन्त्रालयका सचिव, नेपाल राष्ट्रबैंकको गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेको सो समितिमा सरकारले गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गराएको हो।

जापानमा रेष्टुराँ, मनी ट्रान्सफर व्यवसायमा संलग्न श्रेष्ठ गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक, गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार समेत छन्। उनले नेपालमा हाइड्रो, पर्यटन, बैंकिङ, आइटी लगायतका क्षेत्रमा समेत लगानी गरेका छन्।
 

प्रकाशित: २९ चैत्र २०७३ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App