coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हिम चितुवा सिकिस्त

तस्विर सौजन्य : सुरेश श्रेष्ठ/हेलो हिमालय होम

काठमाडौं – बिना अक्सिजन १० पटक सगरमाथाको शिखर पुगेर ‘हिम चितुवा’को उपनाम पाएका विश्वपरिचित पर्वतारोही आङरिता शेर्पा बिरामी परेका छन् । पारिवारिक श्रोतका अुनसार बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनको अवस्था क्रिटिकल छ ।

शेर्पा गत बिहीबार बेलुका खाना खाएर सुतेपछि मतिष्कघात (स्टोक) भएपछि अर्थचेत भएका थिए । त्यस लगत्तै परिवारले नेपाल मेडिकेयर अस्पताल पुर्याएको र त्यहाँ नभएपछि उनलाई न्यूरो अस्पताल पुर्याइएको थियो ।  

साहसी आरोही शेर्पालाई पाँच दिन आइसियुमा राखेपछि मंगलबारबाट बेडमा सारिएको छ । तर, अवस्था भने नसुध्रिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । ‘स्वास्थ्य अवस्थामा खासै सुधार आएको छैन्,’ अध्यक्ष शेर्पाले भने, ‘बिरामीको हिसावले उहाँ सिकिस्त हुनुहुन्छ ।’ आङछिरिङका अनुसार आङरिताको ब्रेनमा ब्लड जमेको, कलेजो, फोक्सोमा समस्या देखा परेको छ । 
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले आङरिताको सम्पूर्ण उपचार खर्च संघले गरिरहेको छ । ‘अहिलेसम्मको उपचार खर्च हामीले नै गरिरहेका छौं,’ आङछिरिङले भने, ‘उहाँको अवस्था बारेमा हामीले सरकारलाई खबर गरेपछि बुधबार बिहान पयर्टन मन्त्री, सचिव, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत आएर आङरित्ताको खर्च सरकारले बेर्होने बाचा गर्नुभएको छ ।’
सन् २०१२ मा जेठा छोराको निधन भएपछि उनी शोकमा परेका थिए । केही दिन गत शुक्रबार कान्छा छोरा लान्दरु शेर्पाको पनि सगरमाथा आधार शिविरमा लडेर खुट्टा भाँचिएको छ । लान्दरु अहिले नेपाल मेडिकल कलेज जोरपाटीमा उपचाररत छन् ।

को हुन् हिमचितुवा ?

७० वर्षअघि सोलुखुम्बुको थामे गाउँमा जन्मिएका उनी १५ वर्षको उमेरदेखि नै उनी पर्वतारोहण क्षेत्रमा लागेका थिए । सुरुमा भरिया भएर काम गरेका आङरित्ता किचन ब्वाई, क्वालामिङ शेर्पा, सरदार हुँदै लिडर र लेजेन्ड अफिसर भएर पनि काम गरेका थिए । 

सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका आङरित्ताले सन् १९९० मै उनले बिना अक्सिजन ६ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सन् १९९६ मा उनले १० औं पटक सगरमाथा आरोहण गरेका हुन् । त्यसपछि तत्कालिन राजा विरेन्द्र र तत्कालिन सरकारले उनलाई अब सगरमाथा नचढ्न आग्रह गरेका थिए । त्यसपछि उनी सगरमाथाको आरोहणमा गएनन् । उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आरोहण गरेर किर्तिमान कामय गरेपछि तत्कालिन सरकारले हिमचितुवाको पदवी दिएको हो ।

प्रकाशित: ३० चैत्र २०७३ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App