७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

हराएकाे गहना खाेज्दै हाँडीगाउँमा जात्रा (फोटो फिचर)

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा बुधबार सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।

चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ।

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् ।
त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको हो।
हेर्नुहोस् फोटो फिचर(तस्बिरहरूः प्रबिन काेइराला):

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App