७ वैशाख २०८१ शुक्रबार
समाज

नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, सवारी आवागमन ठप्प

फाइल फाेटाे

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । 

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने काम थालिएको छ। थप पहिरो नखसेमा एक घन्टाभित्रमा सडक सञ्चालनमा आउने उनले बताए। 

यद्यपि तीन दिनयता सो ठाउँमा पहिरो खसिरहेकाले यकिन भन्न नसकिएको उनले बताए। तीन दिनअघि सोही ठाउँमा खसेको पहिरोले बोलेरो जिप पुरिएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको थिय। 

पहिरो बढी खसेपछि बिहान ९ः१५ बजेबाट सडक अवरुद्ध भएको हो। सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो। 

करिब ३५ मिटर माथिबाट पहिरो खसेको होे । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँचकिलोको बीचमा पर्दछ । दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकेर काम हुँदै आएको छ । सडक रोक्नु अघि बाटो कट्न छिरेका ठूलो सङ्ख्यामा सवारीसाधन सडक अवरुद्ध भएपछि जाममा परेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १ वैशाख २०७४ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App