coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

राजुबाबुले ल्याए अग्रजको स्वरमा 'अग्रज'

काठमाडौं- गीतकार राजुबाबु श्रेष्ठ र  संगीतकार हरि लम्सालको एकल संगीत रहेको एल्बम 'अग्रज' सार्वजनिक भएको छ। श्रेष्ठ र लम्साल काठमाडौंका मुख्य रेडियो स्टेशनमा गएर एल्बम सार्वजनिक गरेका हुन्।

‘गीत सुन्ने कुरा हो त्यसैले तड्कभड्कपूर्ण बिमोचन गर्न छाडेर सिधै रेडियो स्टेशनमा गयौं,’श्रेष्ठले भने।

एल्बममा बरिष्ठ गायक प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, योगेश बैद्द,दीपक खरेल र संगिता राना प्रधानको स्वर रहेको छ।

दीप श्रेष्ठले सम्पति दिए सकि है जाला... बोलको गीत गाएका छन् भने दीपक खरेलले खै कस्तो चिज रैछ माया...,  प्रेमध्वज  प्रधानले की माया लाउँदै नलाउनु..., योगेश बैध्यले पाप गरी मन्दीर जान्छन्... र संगीता राना प्रधानले स्वरमा आँशु पिएर हाँस्न सिकायो... बोलको गीत गाएका छन्।

अभिभावक पुस्तालाई नयाँ ढंगले एउटै ठाउँमा जम्मा गर्ने काम गाह्रो भए पनि तीन वर्षदेखि लागेको कारण सम्भव भएको श्रेष्ठले बताए।

प्रकाशित: १ वैशाख २०७४ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App