लेखक सर्वज्ञानी हुँदैन

शनिबार, ०२ बैशाख २०७४, ११ : ४० नागरिक

हनी युसुफ

चर्चित नाइजेरियन उपन्यासकार र महिलावादी चिमामान्दा अदिची हालै आएको 'ट्रान्सउमन' (महिलाभन्दा पर) नामक विवादास्पद अभिव्यक्तिका कारण पुनः चर्चामा आएकी छन्। च्यानल फोरसँगको एक अन्तर्वार्तामा अदिचीलाई 'ट्रान्सउमन' थिए कि थिएनन् भनेर सोधेको प्रश्नमा उनले 'ट्रान्स महिला' थिए, तर उनीहरूको अनुभव महिलाको जस्तोचाहिँ थिएन। किनभने, 'उनीहरू पुरुषलाई दिइएको सुविधामा हुर्के र पछि आफ्नो लिंग परिवर्तन गरे' भनेर उनले भनेकी थिइन्।

उनको यो भनाइलाई धेरै ट्रान्समहिलाले मन पराएनन् र सामाजिक सञ्जाल तथा विचारको पानाहरूमा आँधी नै ल्याए। अन्तर्वार्ता आएको एक सातापछि उनलाई ट्रान्सफोविक र ट्रान्सएक्सक्लुजिनरी रेडिकल फेमिनिस्ट अर्थात् टीईआरएफ भनियो। उनको भनाइलाई निराशाजनक भनियो र उनलाई उनको राजनीतिक जाँच गर्न पनि भनियो।

लेखकको परम्परागत धारणालाई टक्कर दिने खालको भूमिकादेखि गहन अध्ययन चाहिने विषयमा विचार राख्न सक्ने सार्वजनिक महŒवका व्यक्ति महिला हुने अपेक्षा गरिन्छ। उनीहरूसँग असम्बन्धित विषयमा अधिकारीको रूपमा लेखकहरूलाई प्रस्तुत गर्ने र उनीहरूको विचार र क्षमताको यताउता भइरहने कुराले प्रायः लेखनकलालाई कमजोर पार्छ र सम्झौता गरिरहन बाध्य पनि पार्छ।

पछि उनले आफ्नो भनाइप्रति माफी माग्न अस्वीकार गरेको कुरा समाचार बन्यो। अमेरिकनहरूले कुनै निश्चितखालको भाषाको प्रयोगमा धेरै जोड दिएको उनले बताइन्। सिस (सीआईएस) महिलाहरू 'सिस' भएको र ट्रान्समहिला 'ट्रान्स' महिला रहेको भए यस्तो कुरा हेडलाइन बन्दैनथ्यो होला, उनले भनिन्।

एक हिसाबले, उनले महत्वपूर्ण कुरा भनेकी हुन्। खास खालको भाषामा उनले दिएको जोडले कुराकानीलाई बिगारेको छ र कुराकानी र काममा ठूलो खाडल सिर्जना गरेको छ। अर्कोतर्फ, उनले ट्रान्स महिलाको अनुभवलाई पुरुषले महिलालाई महिलाको अनुभवबारे वर्णन गरेजसरी बताएकी छन्। अदिचीले यो कुरा पहिले बोले जसरी नै बोलेकी छन्।

के उनलाई सबै कुरा थाहा हुनुपर्छ?

अदिची पक्कै पनि एउटा राम्रो लेखक र विचारक हुन्। र, उनको पछिल्लो उपन्यास 'अमेरिकाना'मा अहिलेको युगमा उपयुक्त र महŒवपूर्ण हुने हिसाबले जात, महिलावाद र आप्रवासको कुरालाई गहिरो ढंगमा प्रस्तुत गरेकी छन्। अमेरिकामा बस्ने उपनिवेशपछिको पाकिस्तानी महिलाको रूपमा, मैले नाइजेरियन र अमेरिकन दुवै खालका पात्रलाई मज्जाले चित्रण गरेको पाएको छु।

उनको हालै प्रकाशित 'डियर इजेवाले' वा 'ए फेमिनिस्ट म्यानिफेस्टो इन फिफ्िटन सजेसन्स'ले महिलाको रूपमा महिला जीवन बिताइरहेको बारेको अस्पष्ट धारणालाई वर्णन गर्न सघायो। श्याम वर्णको महिलाको रूपमा, म सेतो छाला नभएको महिला शीर्ष महिलावादी आवाज र आफ्नो शैलीमा अगाडि बढिरहेको देख्दा निकै खुसी हुन्छु।

तर, के यी लेखिका ट्रान्स महिलासहितका आफूसँग अनुभव नभएका सबै कुराको विज्ञको रूपमा रहनुपर्छ त? ट्रान्स अभियन्ता राकेल विलिसको शब्दमा, यो गर्ल्स नामको शोका लागि चर्चित श्वेत अमेरिकन महिलावादी लेना ड्युल्हामलाई कालो वर्णका महिलाको अनुभवमा टिप्पणी गर्न सोधेको कुरासँग तुलना गरेजस्तो हो। र, के हामीले अदिचीलाई यस्तो धरातलमा राख्नुपर्छ जसबाट उनी हाम्रो गुरु हुन् वा शत्रु हुन् भन्ने देखिन्छ? मेरो विचारमा यी दुवै जरुरी छैनन्।

विज्ञ हुन बाध्य लेखक

सोसल मिडियापछिको संसारमा, लेखकहरू लेखकभन्दा अन्य कुरा पनि हुनु जरुरी देखिन्छ। उनीहरू एकल व्यक्ति व्यवसाय हुन् जसले अहिले छलफल भइरहेका विषयमा सार्वजनिक भाषणदेखि उद्धरण लिन सकिने विचार दिनुपर्ने हुन्छ। यी कुराहरू ठोस सोसल मिडिया रणनीति र सार्वजनिक छविका कारणले पनि भएको हो। उनीहरूले आवधिक रूपमा न्युयोर्क टाइम्सको विचार पानामा लेख्नुपर्छ र भाइरल हुने खालका रिट्विट गर्न सकिने ट्विट पनि गर्नुपर्छ।

उनीहरूलाई राजनीतिक र समसामयिक मामलाको विषयमा प्रायः टिप्पणी गर्न भनिन्छ। उनीहरूलाई लेखकको परम्परागत धारणालाई टक्कर दिने खालको भूमिकादेखि गहन अध्ययन चाहिने विषयमा विचार राख्न सक्ने सार्वजनिक महŒवका व्यक्ति हुने अपेक्षा गरिन्छ। उनीहरूसँग असम्बन्धित विषयमा अधिकारीको रूपमा लेखकहरूलाई प्रस्तुत गर्ने र उनीहरूको विचार र क्षमताको यताउता भइरहने कुराले प्रायः लेखनकलालाई कमजोर पार्छ र सम्झौता गरिरहन बाध्य पनि पार्छ।

लेखकलाई विज्ञको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति र यसको असफलता च्यानल फोरको अन्तर्वार्तामा छर्लंगै भएको छ। अदिचीलाई त्यो प्रश्न सोध्नु हुँदैनथ्यो। उनी न त ट्रान्स महिला हुन्, न त ट्रान्स अभियन्ता। उनी ट्रान्स महिलाको बारेमा बोल्न पूर्ण रूपमा अयोग्य व्यक्ति हुन्।

सोसल मिडिया पाठकको रूपमा उनलाई सोधिएको तथ्यको बारेमा र त्यसको जवाफको कम्तीमा पनि हामीले आंशिक रूपमा जिम्मेवारी लिनुपर्छ। उनको यो विवादास्पद भनाइपछिको वार्तालापमा मलाई अदिचीको स्पष्टीकरणभन्दा पनि ट्रान्स महिलाको आवाजमा धेरै रूचि थियो। पाठक वा दर्शकका रूपमा हामीले ट्रान्स महिलाको बारेमा १४० क्यारेक्टरमा राम्रो, राजनीतिक रूपमा उचित जवाफ दिने अपेक्षा गर्नु हाम्रो गल्ती थियो भन्ने लाग्छ।

अदिची आफैले पनि उनको अन्य रूचिका वावजुद महिलावादीको रूपमा उनलाई कति असहज महसुस हुन्छ भन्ने कुरा गरेकी छन्। यो मान्यतामा यस्तो लिंगभेद छ कि महिला लेखकालाई महिलाको सबै विषयको विज्ञको रूपमा लिइन्छ।

कसैकसैले यदि पुरुषले कहिल्यै अनुभव नगरेको कुराबारे आफ्नो विचार दिएको भए हामीले कम आलोचना गर्छौं भनेर पनि बताएका छन्। यो सत्य हुन सक्छ, तर यो परिवर्तन हुँदैछ। मानिसहरू परम्परागत रूपमा महिलाको शरीर, स्वास्थ्य र प्रजनन अधिकारबारे नीति बनाउन सहभागी भएका छन्। विश्वव्यापी रूपमा हामीले यो स्विकार्दै आएका छौँ। महिलाको रूपमा, के हामीले पुरुषले हामीलाई सदियौँदेखि सताइरहेको धारणामा आकांक्षी हुनुपर्छ त?

म अदिचीका अन्य पुस्तकहरू पढ्ने प्रतीक्षा गरिरहेको छु। तर, के मैले सबै महिलाको अनुभवको प्रवक्ताको रूपमा उनलाई चाहन्छु त? मेरो विचारमा यो सोच महिलावादी आन्दोलनमा अनुत्पादक हुन्छ।

स्क्रोलडटइनबाट अनुवादः शिक्षा रिसाल









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

परिवर्तन संघारमा नेपाली फिल्म

परिवर्तन संघारमा नेपाली फिल्म

सात वर्षअघि दयाहाङ राईले ‘दासढुंगा’मा अभिनय गर्दा जम्मा ३० हजार रूपैयाँ पारिश्रमिक पाएका थिए । २०६८ सालमा ‘लुट’ र त्यसको...

दातालाई स्वेताको सम्मान

दातालाई स्वेताको सम्मान

सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन्। ...

लन्डनमा बक्स अफिस अवार्ड

लन्डनमा बक्स अफिस अवार्ड

नेपालसँगै यदाकदा विदेशमा हुँदै आएको फिल्मफेयर बक्स अफिस अवार्ड यसपटक बेलायतमा हुने भएको छ। बेलायतमा अवार्ड आयोजना गर्न लागेको आयोजक...

फिल्म निर्माण गर्दै धुर्मुस सुन्तली

फिल्म निर्माण गर्दै धुर्मुस सुन्तली

हालै महोत्तरीमा मुसरह बस्ती निर्माण कार्य सम्पन्न गरेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले फिल्म निर्माण गर्ने भएका छन्। ...