निबन्ध

नयाँ क्यालेन्डर

शनिबार, ०२ बैशाख २०७४, ११ : ४४ नागरिक

सङ्गीत आयाम

भित्तामा टा“गिएको क्यालेन्डरलाई पुरानो बनाउ“दै फेरि अर्को नयाँ वर्ष हाम्रो घर–आँगनमा आएको छ। तर, यो नया“ वर्ष त्यति उत्साहजनक छैन, जति सोचिएको छ। नयाँ वर्षलाई सम्बोधन गरेर अघि बढाइएका ती यावत् अभियानमा पनि त्यो मुलायम स्वर छैन, बरु त्यसको ठाउँमा निराशा र हतासाको सामाज्य व्याप्त छ। पहिलाभन्दा बढी समस्याले घेरिएको आभास हु“दै गरेको नया“ वर्ष पनि पुरानोकै संस्करणका रूपमा देखापर्नु आफै“मा नरइमाइलो पनि छ। 

नया“ वर्षको आगमनस“ग भने नूतन प्रकारको अनुभूतिले घर बनाउनुलाई सकारात्मक प्रचलनका कारण नै प्रत्येक नयाँ वर्ष फरक प्रकारको अनुभवका आधारमा पनि लिइएका उदाहरण नभएका होइनन्। कहिलेकाही“ त सोचको कारण समयगत रूपमा यसले निकै फरक पनि पार्ने रहेछ। नयाँ वर्षलाई संकल्पको वर्ष त्यसै भनिएको त पक्कै होइन, यद्यपि हात बा“धेर बस्ने हो भने कुनै कुरा पनि सम्भव नभएको सन्दर्भ प्रायः नयाँ वर्षको आगमनस“गै स्मरणमा आउँछ।

जीवनमा धेरै उतारचढाव आउ“छन्, त्यसका आरोह–अवरोहका कथा कम हुँदैनन्। वर्षले आवश्यक रहेका मूल मुद्दालाई सम्बोधन गर्न सक्यो कि सकेन? यो महŒवपूर्ण प्रश्न हो, न कि एउटा वर्ष जानु र अर्को आएको प्रसंगको मात्र निरन्तरता।

यसपटक पनि पहिलाझै“ धेरै कार्यक्रम सुरु हुन थालेका छन्, नयाँ वर्षमाथि केन्द्रित रहेर। तर, देखिएका र भेटिएका कुनै पनि कार्यक्रममा उत्साहजनक स्वर नभेटिँदा भने निकै दुःखलाग्दो अनुभूत हुन्छ। नयाँ वर्ष मनाउने भनेर भेला हुने, तर मात्र समस्याको पहाड उठाउ“दा नयाँ वर्ष त मरुभूमिमा तीर्खाजस्तो भयो भनेर निर्धक्क भन्न सकिन्छ। प्रत्येक नयाँ वर्षमा जीवनका आशा र उमंग रुझेको बिरालोझै“ प्रस्तुत हुनुमा स्वयंको दोष नभई राज्यको नीतिगत कारण नै जिम्मेवार छ भन्न करै लाग्छ। 

देख्दाखेरि नयाँ वर्ष जेजस्तो देखिए पनि संयोगका रूपमा पनि विकसित हु“दै गइरहेको देखिनु अनौठो पनि छैन। सोचेको जस्तो कुरा घटित भयो भने नया“ वर्ष मेरा लागि फलदायी रह्यो भन्नु र अनपेक्षित भयो भने यो वर्ष पनि पहिलाकै जस्तो भयो भन्नु आमप्रचलनका रूपमा अघि बढ्दै गएको छ।

नया“ वर्ष प्रत्येकका लागि फरक छ भनेर महसुस गर्ने नै हो भने यो फरक पनि छ। समयको निश्चित बिन्दुबाट प्रक्रियागत सुरुवात हुने हुनाले यसमा नवीनता भेटिनु अस्वाभाविक छैन पनि। हुन त अधिकांशका लागि यो आउनु र जानुमा खासै कुनै अर्थ नभएको यथार्थलाई पनि दृष्टिगत गर्ने हो भने त केही सीमित व्यक्तिका लागि मात्र नयाँ वर्षले खास महŒव राख्छ भनेर भन्नु अन्यथा होइन। समस्याले मात्र थिलथिल्याएको मस्तिष्कमा नया“ वर्षको सोच आउनु त परको कुरा, त्यसले कहिल्यै प्रवेश नै गर्न नसक्ने वास्तविकतालाई पनि लुकाउन मिल्दैन। 

समय त आउ“छ–जान्छ। ठीक समयमा ठीक काम हुनु नै समयलाई वास्तवमा बुझ्नु हो, तर त्यो कुरा प्रायः यहाँ लागू हु“दैन र यो सत्यबाट बच्न पनि सकि“दैन। पहिले केही पनि गर्न नखोज्नु र नयाँ वर्ष प्रारम्भ भएपछि गर्छु भनेर नाटक गर्नुले  वर्षभरिको समय प्रतीक्षामै बित्ने निश्चितजस्तै हुन्छ। पलपलमा जीवन बेथितिले जेलिएको छ, जसलाई फुकाउनैपर्ने छ। समस्याका पहाडमाथि आरोहण गर्न खोज्ने हो भने नया“ वर्षको होइन, नयाँ सोचको खा“चो छ। जीवनरूपी सागरलाई तर्न चाहने हो भने नयाँ वर्षको खोजी होइन, दृढ संकल्प आवश्यक छ।

पहिला हुन नसकेका कुरा यस वर्ष होस् भन्ने मनोकामनासहित यात्रारत रहन्छन् मान्छेहरू। नया“ वर्षको आगमन भने आफै“मा सुखद छ। यसले कमसे कम आउ“दा दिनहरू सुखद् होऊन् भनेर आशाको सञ्चार भने पनि त गर्छ। 

देश अहिले आफ्नै मौलिक नया“ वर्षको आगमन भइरहेको सोचले रमाइरहेछ। पुरानो वर्षलाई पछि छाडेर नयाँ वर्षको आगमन हुनु आफै“मा रोमाञ्चक छ भनेर भन्छन् कविहरू, तर यसपटक पनि उनीहरू कवितामा रोएको र सु“कसुकाएको मात्र सुनियो, समस्याका पहाडरूपी बोझहरूले थिचिएर। वसन्त ऋतुको मौसमी धुनस“गै मख्ख पर्ने नयाँ वर्ष यसपालि पनि अ“ध्यारो पिएर पूरै चार्ज हुन नसकेको मोबाइलमा प्रियसीलाई एसएमएस गर्दै गरेको पो भेटिइयो। नया“ वर्षको आगमनमा सम्पूर्ण रात आफूभित्र खोपेर बा“च्ने प्रेमीहरूको दुर्दशाको कथा पनि नया“ वर्षको तरंगस“गै लेखिने निश्चित छ।

एक पक्षबाट हेर्ने हो भने पुरानो वर्ष हामीबाट टाढा जानुलाई परिवर्तनको संकेतका रूपमा लिनुपर्ने हो, तर काल्पनिक यथार्थ र वास्तविक यथार्थको भेद बढ्दै जानुले नया“ कुरामा रुचि घट्दै गएको सन्दर्भलाई भने प्रस्टै बोध गर्न नसकिने होइन। जीवनमा केही पनि नभइरहेको जुन कुण्ठा छ, त्यसले झन् निरन्तरता पाउनुलाई नयाँ वर्ष परिवर्तनको शक्ति हो भनेर भन्ने आधार अब समाप्त हु“दै गएको महसुस हुन थालेको छ।

प्रत्येक वर्षजस्तै नया“ वर्षलाई पनि स्वागत गर्ने र नया“ वर्षको आगमनमा आ–आफ्ना जीवनमा अलग प्रकारका उपलब्धि र फरक परिवर्तनको आकांक्षा राख्ने गरिन्छ। हुन त तीन सय ६५ दिनपछि फेरि अर्को नया“ वर्ष आउँछ। समयको नियमित प्रक्रियालाई कसैले रोक्न सक्दैन, मात्र हामी यसमा सहभागी हुन सक्छौ“ र समयले दिएका घात–प्रतिघातलाई केही भए पनि कम गर्न सक्छौ“। नयाँ वर्षमा के–के गरौ“ला भनेर सपना त देख्छौ“, तर ती सबै सपना अधुरो रहिरहेका हुन्छन्। अघिल्ला वर्षमा रहेका अपूरा कामलाई नया“ वर्षमा पूरा गर्नुपर्छ भन्ने सोच हाम्रो समाजमा अझ पनि गहिरो रूपमा रहेकै छ।

नया“ वर्षले विगतले दिएका दुःखको प्रभाव र नतिजा देखाउ“छ नै, अझ कतिपय अवस्थामा त्यसको घाउ निकै जटिल पनि हुन्छ। कहिले त जति वर्ष आए पनि कुनै पनि वर्षले घाउमा मलम लगाउन नसकेको पाइन्छ।

समयको चक्र हरेक वर्ष फेरिन्छ, तर पुनरावृत्तिको कथा भने उस्तै रहिरहेको छ। पटकपटक राजनीतिक परिवर्तनलाई देशले आत्मसात् गर्ने अवसर त पायो, तर सांस्कृतिक अवस्थामा देखिएको रूढतामा भने खासै परिवर्तन आउन सकेन। सांस्कृतिक केन्द्रहरूमा पनि आ–आफ्नालाई नै भर्ती गर्ने प्रकरणले विगतमा झै“ त्यसले निरन्तरता मात्र पाएन, अझ त्यसले  ठूलो विवाद पनि निम्त्यायो। विगतमा परिवर्तन पनि ठूलो मात्रामा नभएको होइन र त्यो परिवर्तनले वर्षैपिच्छे धेरै कुरालाई सही प्रकारले सम्बोधन गर्नेछ भनी अपेक्षा पनि गरिएको थियो। परिवर्तन हुनासाथ देशले कोल्टे फेर्छ भन्ने मान्यतामा मात्र ठेस पुगेको छैन, जतासुकै फेरि बन्द, हडताल, हत्या, हिंसा, आतंक, अपहरण, मह“गीजस्ता गन्नै नसकिने विकराल समस्याले राम्रोसँग निकास पाउन नसकेको कुरा घामजत्तिकै छर्लंग हु“दै गएको छ।

नयाँ वर्षको आगमनलाई नया“ जन्मका रूपमा मात्र हेरिनु हु“दैन, अघिल्लो वर्ष बूढो भएर ढलेको रूपमा पनि लिइनुपर्छ। वर्षले चक्र फेर्दैमा सबै कुरा ठीक ठाउ“मा आइहाल्छ भनी सोच्नु मूर्खताभन्दा केही होइन। जीवनमा धेरै उतारचढाव आउ“छन्, त्यसका आरोह–अवरोहका कथा कम हु“दैनन्। वर्षले आवश्यक रहेका मूल मुद्दालाई सम्बोधन गर्न सक्यो कि सकेन? यो महŒवपूर्ण प्रश्न हो, न कि एउटा वर्ष जानु र अर्को आएको प्रसंगको मात्र निरन्तरता। 

राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सुरु हुन नसकेका काम नया“ वर्षमा हुनुपर्छ भन्ने सोच राख्नु अन्यथा छैन। राज्यगत तहमा कार्यान्वयन गर्न सकिने पारदर्शी नीतिको खा“चो छ नै, अझै केही गर्न खोज्ने सोच र चिन्तन पनि आवश्यक देखिन्छ। राज्य सञ्चालन गर्नेहरूमा प्रतिबद्धताको खा“चो मात्र होइन, अझ त्यसलाई व्यवहारमै उतार्न सक्ने संकल्पको पनि जरुरी हुन्छ। अघिल्लो वर्षमै देश संविधानमय भइसकेको भए पनि त्यसको थोरै मात्र पनि जनतामा प्रत्याभूति हुन नसक्नु अत्यन्तै दुःखलाग्दो छ। यो वर्षमा जेजति नहुनुपर्ने कुरा भए, ती सब नया“ वर्षमा नदोहोरियोस् भन्ने ठूलो अपेक्षा बोकेर आममान्छे अहिले पनि लामबद्ध छन्। यस्तो अपेक्षाको तुषारपात अब नहोस् भन्ने कामना गरौ“। नयाँ वर्षको आगमनमा पहिला गरिएका गल्ती र कमजोरीबाट शिक्षा लिनु पनि निकै आवश्यक छ, ता कि एउटाको कारणले अर्कोलाई कहिल्यै दुःख नहोस्।

पुरानो वर्षलाई छोड्दै निश्चित रूपमा नयाँ वर्ष आउनु समयको चक्र हो। यो प्रक्रियालाई कसरी हेरिन्छ र लिइन्छ भन्ने सोच नै समय परिवर्तित भइरहेको अवस्थामा निकै महŒवपूर्ण लाग्छ। नया“ वर्षको आगमन भइरहेको यस घडीमा चारैतिर सुख, शान्ति, समृद्धिको अपेक्षा गरौँ, ता कि देशमा शान्ति सुरक्षा र विकास निर्माणको स्थितिमा पर्याप्त सुधार आएर आमनेपालीको मुहारमा खिलखिलाएको हा“सो पोतियोस्।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

परिवर्तन संघारमा नेपाली फिल्म

परिवर्तन संघारमा नेपाली फिल्म

सात वर्षअघि दयाहाङ राईले ‘दासढुंगा’मा अभिनय गर्दा जम्मा ३० हजार रूपैयाँ पारिश्रमिक पाएका थिए । २०६८ सालमा ‘लुट’ र त्यसको...

दातालाई स्वेताको सम्मान

दातालाई स्वेताको सम्मान

सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन्। ...

लन्डनमा बक्स अफिस अवार्ड

लन्डनमा बक्स अफिस अवार्ड

नेपालसँगै यदाकदा विदेशमा हुँदै आएको फिल्मफेयर बक्स अफिस अवार्ड यसपटक बेलायतमा हुने भएको छ। बेलायतमा अवार्ड आयोजना गर्न लागेको आयोजक...

फिल्म निर्माण गर्दै धुर्मुस सुन्तली

फिल्म निर्माण गर्दै धुर्मुस सुन्तली

हालै महोत्तरीमा मुसरह बस्ती निर्माण कार्य सम्पन्न गरेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले फिल्म निर्माण गर्ने भएका छन्। ...