८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

सोल–दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।

यद्यपि उक्त प्रणाली राख्ने भनी गरेको घोषणाको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको थियो । यस प्रविधि जडान गर्ने विषयमा गत शुक्रबार सो निर्णय भएको थियो । अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाई लक्ष्य गरी प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए ।

सोही बमोजिम नै बुधबार दक्षिण कोरियाको उत्तरी प्रान्त जियङ्मा सो प्रविधि जडान गरिएको हो । उक्त प्रणालीका लागि सो क्षेत्रमा बुधबार ब्याट्री राखिएको बताइएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले उक्त क्षेत्रमा ब्याट्री राखिएको जानकारी दिएको छ ।     यता उत्तर कोरियाले गएको शनिबार मात्र पनडुब्बी परीक्षण गरेको छ भने अर्कातर्फ उसले यस्तो प्रणालीको जडान गरिएमा सशक्त रुपमा भौतिक कारबाही गर्ने पनि जनाएको छ ।   

 उत्तर कोरियाले बाह्य विश्वको आग्रहको वास्ता नै नगरी पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने निन्दा गरेको छ ।

उत्तर कोरियाले दुई देशको सो संयुक्त कार्य अन्तर्राष्ट्रिय नियम कानुनविपरीत छ भन्दै त्यस कार्यका विरुद्ध आपूmले भौतिक रुपमा कारबाही गर्ने चेतावानी हालैमात्र दिएको थियो ।  

 सोमबार उत्तर कोरियाको सो धम्की आएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको हो । उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको थियो ।   

 उत्तर कोरियाले भनेको छ ‘उक्त प्रतिरक्षात्मक प्रणाली जडान गर्ने योजना तत्कालै फिर्ता नलिने हो भने हामीले यस कार्यका विरुद्धमा भौतिक कारबाही सम्म गर्न सक्छौं ।’
 पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् ।

 

प्रकाशित: ३० असार २०७३ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App